दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवलाई सोमबार एक कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरेवापत उनलाई राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका छन् ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जिर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए ।
कार्यक्रममा महासंघकी केन्द्रिय सदस्य सुमित्रादेवी चौधरी, जिल्ला सदस्य तेजनारायण यादवलगायतले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा निकट भविष्यमै हुन लागेको राष्ट्रिय कृषक समूह महासंघको जिल्ला परिषद्को तयारी बारे आवश्यक सुझाव संकलन समेत गरिएको सचिव भुपेन्द्र यादवले जानकारी दिए ।
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
सारांश
- कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरेवापत उनलाई राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले सम्मान गरेको हो ।
- उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका छन् ।
- कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जिर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया