बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन

राजविराज राजविराज
|
शनिबार, माघ २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन

सारांश

  •     पार्टीका जिल्ला अध्यक्ष अशोक मण्डल, जिल्ला सचिव एवं प्रदेश कमिटी सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश कमिटी सदस्य महेश यादवको बिशेष उपस्थितिमा सो आन्दोलन संयोजन समिति गठन गरिएको जनाइएको छ ।
  •  

    राजविराज÷प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चालिएको असंबैधानिक संसद विघटन बिरुद्ध नेकपा सप्तरी प्रचण्ड नेपाल पक्षधरले बुद्धिजिवी एवं पेशाकर्मीहरुको आन्दोलन संयोजन समिति गठन गरेको छ । 
    राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा शनिबार सम्पन्न बैठकबाट अनिलकुमार अनलको संयोजकत्वमा बुद्धिजिबी एवं पेशाकर्मीहरुको आन्दोलन संयोजन समिति गठन गरिएको हो । 
    गठित समितिको सहसंयोजकमा नथुनी दास रहेका छन् भने सदस्यहरु भुपेन्द्र मण्डल, मनोज देव, महेन्द्र देब, सुरेन्द्रप्रसाद गुप्ता, बुलबुल चौधरी, पुण्यप्रसाद यादव, गोपालप्रसाद गुप्ता, बिन्देश्वरप्रसाद चौधरी, लेखेन्द्र प्रसाद साह, सुरेश यादव, दिनानाथ यादव, मो. हुसेन र देवराम यादव रहेका छन् । 
    पार्टीका जिल्ला अध्यक्ष अशोक मण्डल, जिल्ला सचिव एवं प्रदेश कमिटी सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश कमिटी सदस्य महेश यादवको बिशेष उपस्थितिमा सो आन्दोलन संयोजन समिति गठन गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?