चन्दन कुमार यादव
राजविराज, १९ माघ ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सहिद साकेत चन्द्र मिश्रको स्मारक निर्माणको लागी १५ लाख बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरस्वती पुजाको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा आइतबारदेखी सुरु भएको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मंन्त्री साहले सहिद साकेतको सम्झनामा शालिक निर्माणका सो रकम दिने प्रतिबद्धता जनाएका हुन् ।
अन्य सहिद जस्तै साकेतलाई पनि सहिद घोषणा गर्न राज्यसँग माँग गर्दै मन्त्री साहले साकेतलाई शहिद घोषणा गर्न हरसम्भव सहयोग गर्ने जिकिर गरे ।
आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी ३ जोडी महिला र १९ जोडी पुरूषबिच कुस्ती हुने सरस्वति पुजा समितिका निरज मुक्तीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित कुस्ती प्रतियोगितामा पुर्व सासंद रन्जु ठाकुर, राजपा सहमहासचिव जय प्रकाश ठाकुर, गाउपालिका उपाध्यक्ष सुचिता यादब, सहिद साकेतचन्द्र मिश्रका आमा चकलादेबी मिश्र, पुजा समितिका निरज मुक्ती लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन जितेन्द्र कुमार झाले गरेका थिए ।
तीन दिन सम्म चल्ने कुस्ती प्रतियोगितामा पर्यटन वोर्ड काठमाण्डौले समेत सहयोग गरेको जनाइएको छ ।
सहिद साकेतचन्द्र मिश्रको सम्झनामा तिलाठीवासीको सहयोगमा प्रत्येक बर्ष कुस्ती कार्यक्रमको आयोजना गरिदै आएको छ ।
सहिद साकेतलाई २०४२ साल अषार ७ गते तिलाठीस्थित आप्mनै घरबाटै तत्कालिन एसपी ईनदिवर सिँहको टोलीले बमकाण्डको आरोपमा पक्राउ गरेको थियो । तर, हालसम्म उनको अवस्था अज्ञातै रहेको छ ।
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
सारांश
- सरस्वती पुजाको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा आइतबारदेखी सुरु भएको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मंन्त्री साहले सहिद साकेतको सम्झनामा शालिक निर्माणका सो रकम दिने प्रतिबद्धता जनाएका हुन् ।
- अन्य सहिद जस्तै साकेतलाई पनि सहिद घोषणा गर्न राज्यसँग माँग गर्दै मन्त्री साहले साकेतलाई शहिद घोषणा गर्न हरसम्भव सहयोग गर्ने जिकिर गरे ।
- आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी ३ जोडी महिला र १९ जोडी पुरूषबिच कुस्ती हुने सरस्वति पुजा समितिका निरज मुक्तीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया