चन्दनकुमार यादव
राजविराज, १५ साउन ।
सप्तरीमा हालसम्म ८५ प्रतिशत खेती योग्य जमिनमा धान रोपाई भएको छ । यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा ८५ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
केन्द्रका प्रमुख भागिरथ यादवले यस पटक बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बताउँदै ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् । सप्तरीमा सिंचित ४० हजार र असिंचित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको उनले बताए ।
यस्तै असारको अन्तिम साता आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरु चिन्तित देखिन्छन् ।
यसअघि जिल्लामा उचित सिचाईको व्यवस्था तथा समयमा पानी नपर्नाले जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन बाँझो हुने गरेको सो केन्द्रले जनाएको छ ।
यता जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरू अझै बाँझै रहेको जानकारी दिए ।
त्यस्तै सप्तरीमा सिंचाइको उचित व्यवस्थापन नहुँदा जिल्लाको महदेवा, वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुख्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रले तथ्याङ्क संकलन गरेको छ ।
यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरूमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सारांश
- केन्द्रका प्रमुख भागिरथ यादवले यस पटक बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बताउँदै ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् ।
- सप्तरीमा सिंचित ४० हजार र असिंचित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको उनले बताए ।
- यस्तै असारको अन्तिम साता आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरु चिन्तित देखिन्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया