सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै

राजविराज राजविराज
|
शनिबार, बैशाख २२, २०८१
|
|
१९३ पटक हेरिएको
Shares
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै

सारांश

  •     शनिवार बिहानै नेपाली सेना बरख गण राजबिराज, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अग्निपीडितहरूको जलेका घरहरूको भग्नावेश तथा घटनास्थल वरिपरि सरसफाई र बचेका समानहरूलाई टहराहरूमा सुरक्षित रूपमा राख्ने काम गरेको छ ।
  •       यता खानेपानी र सरसफाईको समस्या देखिएको महादेवा गाउँपालिका १ चिम्टी बस्तीमा सो सुविधा पु¥याइने भएको छ ।
  •     गत १८ गते आगलागी भएपछि सो वस्तीका बासिन्दाहरुले खानेपानी र शौचालयको समस्या भोग्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 

    आगलागिबाट जलेका घरहरुको भग्नावेश सरसफाइका लागि शनिबार सुरक्षा निकाय जुटेका छन् । 
    शनिवार बिहानै नेपाली सेना बरख गण राजबिराज, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अग्निपीडितहरूको जलेका घरहरूको भग्नावेश तथा घटनास्थल वरिपरि सरसफाई र बचेका समानहरूलाई टहराहरूमा सुरक्षित रूपमा राख्ने काम गरेको छ । 
    यता खानेपानी र सरसफाईको समस्या देखिएको महादेवा गाउँपालिका १ चिम्टी बस्तीमा सो सुविधा पु¥याइने भएको छ ।
    गत १८ गते आगलागी भएपछि सो वस्तीका बासिन्दाहरुले खानेपानी र शौचालयको समस्या भोग्दै आएका छन् । स्थानीय विपद् ब्यवस्थापन समितिको शनिबार चिम्टीमा सम्पन्न बैठकले युनिसेफको सहयोगमा विभिन्न गैर सरकारी संस्थाहरुको समन्वयमा सो वस्तीमा खानेपानी तथा सरसफाईको सेवा पु¥याइने  निर्णय गरेको छ ।
    अग्निपीडित स्थलमा रहेको विभिन्न समस्याहरुमध्ये खानेपानी सरसफाई पनि प्रमुख समस्या रहेको बताउँदै महादेवा गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् ब्यवस्थापन समितिका अध्यक्ष सुनिल मण्डलले खानेपानी सरसफाईको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितको संस्थालाई अनुरोध गरिएको जानकारी दिए ।
    सो वस्तीमा रहेको एउटा सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सञ्चालन गरिने र आवश्यकता अनुसारको ठाउँमा चर्पी निर्माण गर्ने सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले जानकारी दिए ।
    खानेपानीको अत्यन्तै समस्या देखिएपछि खाना खुवाउने ब्यवस्था गरिरहेको संस्था नूर वेलफेयरले समेत ट्युबेल जडान गरिरहेको छ । सप्तरी युथ नेपाल र मुक्ति नेपालले समेत सामुदायिक भान्सा सञ्चालन गर्नुका साथै परामर्श सेवा प्रदान गरिरहेको छ ।


    वस्ती पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने चिम्टीमा बसेको गाउँपालिकाको विपद् ब्यवस्थापन समितिले निर्णय गरेको छ । आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्मको राहत वितरण लगायको काममा सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुनिल मण्डलले जानकारी दिए ।
    यता विपद् ब्यवस्थापनका लागि रहेका विभिन्न क्लष्टरहरुलाई क्रियाशिल बनाउने निर्णय समेत गरेको छ । बाल संरक्षण क्लष्टरले पहिचान गरे बमोजिम महिला तथा बालबालिकामैत्री कक्ष र अस्थायी टहराहरु निर्माणकागि आर. एस के सेल्टर नामक संस्थालाई जिम्मेवारी दिइएको गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले बताइन् ।
    महिला तथा बालबालिकाको क्षेत्रमा कुनै पनि समस्या देखिएमा संरक्षणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई सहयोग गर्न आव्हान गर्ने निर्णय समेत गरिएको उपाध्यक्ष यादवको कथन छ ।
    यसैबीच युनिसेफ नेपालको सहयोगमा ४६ घरधुरी अग्निपीडितहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको छ । अग्निपीडितहरुलाई त्रिपाल, मग, बाल्टिन, झुल र सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको हो ।
    गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, उपाध्यक्ष अर्चनाकुमारी यादव, तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्रा, बाल संरक्षण अफिसर सृजना नेपाल, आर. एस के सेल्टरका शरद जोशी, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, वास अफिसर परमेश्वर झा, मुक्ति नेपालका गंगा अधिकारीसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
काँग्रेस नेतृ साहको निधन 
काँग्रेस नेतृ साहको निधन