काँग्रेस नेतृ साहको निधन 

राजविराज राजविराज
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
काँग्रेस नेतृ साहको निधन 

सारांश

  •     राजविराज ४ निवासी ७१ वर्षिया साहको बिहीबार उपचारका क्रममा स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको थियो ।
  •       उनी केही समय यता अस्वस्थ्य रहदै आएको परिवारजनले जनाएको छ ।
  • बि.

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 

    काग्रेस नेतृ मालती देवी साह (स्वर्णकार) को शुक्रबार कोशी किनारमा अन्त्येष्टी गरिएको छ । 
    राजविराज ४ निवासी ७१ वर्षिया साहको बिहीबार उपचारका क्रममा स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको थियो । 
    उनी केही समय यता अस्वस्थ्य रहदै आएको परिवारजनले जनाएको छ । बि.स. २०५२ सालमा उनी नेपाल महिला संघ सप्तरीको अध्यक्ष भई राजनीतिमा सक्रिय थिइन् । 
    उनलाई अन्तिम बिदाई र श्रद्धाञ्जली व्यक्त गर्न स्थानीय नेता÷कार्यकर्ता र शुभेच्छुकको निवास स्थालमा भीड लागेको थियो । 
    उनको निवासमा महाधिवेशन प्रतिनिधि मालती चौधरी, शुशिल सेवा, प्रदेश २ (ख) का उपसभापति अजय सिंह, युवा नेता इरसाद अन्सारी लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गरेपछी उनको पार्थिव शरीर हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी किनारको कोशी घाटमा पु¥याइएको थियो । जहाँ जेठा छोरा राजेश साह “पिन्टु” ले दागवत्ति दिए । 
    नेपाली काँग्रेस सप्तरीले उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलले शुक्रबार एक शोक वक्तव्य जारि गर्दै महिला नेतृ साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु