फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने

सारांश

  •     मंगलबार सम्पन्न दुई खेल कन्चनरुप राइनोज समुह ’ए’ को उपविजेताको रुपमा तथा खडक वारियर्स समुह ’बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका हुन् ।
  •       यस अघिनै समुह ’ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल तथा समुह ’बि’ को विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरिसकेका छन् ।
  • बुधबार प्रतियोगिताको दुवै सेमीफाइनल खेल हुनेछन् भने फाइनल खेल साउन १ गते बिहीबार हुनेछ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 

    राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग प्रतियोगिताको फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । 
    मंगलबार सम्पन्न दुई खेल कन्चनरुप राइनोज समुह ’ए’ को उपविजेताको रुपमा तथा खडक वारियर्स समुह ’बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका हुन् । 
    यस अघिनै समुह ’ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल तथा समुह ’बि’ को विजेताको रुपमा तिरहुत टाइगर्स सेमीफाइनल प्रवेश गरिसकेका छन् । बुधबार प्रतियोगिताको दुवै सेमीफाइनल खेल हुनेछन् भने फाइनल खेल साउन १ गते बिहीबार हुनेछ । 
    स्थानीय पवि स्कुलमा सम्पन्न पहिलो खेलमा  हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोजले सेमीफाइनलमा स्थान पक्का गरेको हो । सम्पन्न खेलमा कन्चनरुप राइनोजले पाएको ३८ रनको सामान्य लक्ष्य ८.४ ओभरमा ६ विकेट गुमाएर भेटायो । राइनोजको लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए जुन क्रममा १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन तथा रिराज सहाले ५ रन योगदान दिए । 
    हिरोजको बलिङमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन । २. ४ ओभरमा उनले २२ रन खर्चिए । गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको हनुमाननगर हिरोजले १०. ३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । राइनोजका बलर शम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए । यस्तै मुकेश सिंहले २ विकेट लिए ।  
    त्यस्तै सम्पन्न दोश्रो खेलमा खडक वारीयर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो । १ सय २२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा भेटायो । वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए । यस्तै ओपनर फिर्दोश अन्सारीले अविजित ४३ रन बनाए जुन क्रममा ३४ बलमा ६ चौका प्रहार गरे । 
    तेश्रो विकेटको लागि कार्की र अन्सारीले अविजित ९२ रनको साझेदारी गर्दै जितसम्म डोर्याए । वीरपुरको बलिङमा राहुल विकले १ मात्र विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । वीरपुरको आगी भिम यादवले सर्वाधिक २५ रन योगदान दिए । यस्तै तृत राज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन बनाए । खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिए । पप्पु यादव (बि) र पप्पु यादव (ए) ले समान १ विकेट लिए । 
    उक्त अवसरमा प्लेयर अफ दि म्याच संतोष कार्की र गेम चेन्जर फिर्दाेष कार्कीलाई राजबिराज नगरपालिका वडा ११ का वडा अध्यक्ष उदित नारायण यादब र कार्यपालिका सदस्य ललिता कर्णले कप, नगद पुरस्कार प्रदान गरेका थिए ।
    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर
कोरोना भाइरस संक्रमण दर बढ्दो 
कोरोना भाइरस संक्रमण दर बढ्दो 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु