दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
मधेश प्रदेश नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता गोबिन्द बहादुर न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
उनी सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं. ४ को १ प्रदेशसभा क्षेत्रबाट प्रदेशसभा सदस्यमा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि उनी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले मधेश प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण समेत गराएका छन् ।
मधेश प्रदेशसभामा नेकपा एकीकृत समाजवादीको ७ सीट रहेको छ भने नेकपा एमालेको २३ सीट, काँग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९ र माओवादीको ८ सीट छ । त्यसैगरी राप्रपा, नागरिक उन्मुक्ती पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ र स्वतन्त्रको ६ सिट छ ।
योसँगै सप्तरीबाटै मधेश प्रदेश संसदीय दलको नेता हुनेको संख्या दुई पुगेको छ । यसअघि जनमत पार्टीबाट महेश प्रसाद यादव संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । उनी संसदीय क्षेत्र नं. २ को प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
सारांश
- उनी सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.
- ४ को १ प्रदेशसभा क्षेत्रबाट प्रदेशसभा सदस्यमा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
- यसअघि उनी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया