दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजविराज वडा नं. ४ स्थित माछा हटियामा बकर इदको दिन फलामे हतियारको प्रहारबाट घाइते भएका एक युवकको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।
दुई पक्षबीच भएको झडपमा घाइते भएका राजविराज नगरपालिका वडा नं. ४ निवासी ३२ वर्षीय ओरेन्जेब मियाँको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मिया राजविराज नगरपालिका वडा न.२ राजदेबी टोलस्थित रोयल इनफिल्ड अटोमोबाइलका प्रोप्राइटर हुन । मृतकका श्रीमती र काखे शिशुसहित दुई नाबालक सन्तान छन् ।
मृतकका बुबा हबिब मियाले दिएको उजुरीका आधारमा आरोपित राजविराज नगरपालिका वडा न.३ का ४६ वर्षीय मो. नसिर पक्राउ परेका छन् । अन्य आरोपितहरू राजविराज नगरपालिका वडा न.३ का ३५ वर्षीय मो. इर्शाद, राजविराज २ का २७ वर्षीय असलम मिया र जिल्लाकै राजगढ गाउँपालिका ६ का २५ वर्षीय मो. मिन्टु फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई पक्षबीचको झडपमा एकको मृत्यु, हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
सारांश
- दुई पक्षबीच भएको झडपमा घाइते भएका राजविराज नगरपालिका वडा नं.
- ४ निवासी ३२ वर्षीय ओरेन्जेब मियाँको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- मृतक मिया राजविराज नगरपालिका वडा न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया