सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी

राजविराज राजविराज
|
शुक्रबार, जेठ ११, २०८१
|
|
६३ पटक हेरिएको
Shares
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी

सारांश

  •     जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय सप्तरीले शुक्रबार संचारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो जानकारी दिँदै बि.
  • स.
  • २०७३ बैशाख देखी २०७५ असोजसम्म जन्म लिएका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई लक्षित गरि आइपिभी (पोलियो रोग बिरुद्धको औषधी) खुवाउने अभियान संचालन हुने जानकारी दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 

    सप्तरी जिल्लाका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोग बिरुद्धको औषधी खुवाउने तयारी गरिएको छ । सात वर्षअघि पोलियो बिरुद्धको औषधी दिन छुटेका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई सो औषधी खुवाउने तयारी गरिएको जनाइएको छ ।  
    जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय सप्तरीले शुक्रबार संचारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो जानकारी दिँदै बि.स. २०७३ बैशाख देखी २०७५ असोजसम्म जन्म लिएका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई लक्षित गरि आइपिभी (पोलियो रोग बिरुद्धको औषधी) खुवाउने अभियान संचालन हुने जानकारी दिएको छ । 
    २०७३ सालतिर पोलियो रोग बिरुद्धको औषधी अभाव भएकाले त्यतीखेर छुटेका बालबालिकालाई लक्षित गरि पोलियो रोग बिरुद्धको आइपीभी खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झाले बताए ।
    उनका अनुसार जेठ १३ देखी जेठ २५ सम्म जिल्लाको ८ सय ४० खोप केन्द्र मार्फत पोलियो बिरुद्धको औषधी खुवाउने तयारी गरिएको हो । 
    पहिलो चरण जेठ १३ देखी १७ सम्म राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा संचालन हुनेछ । 
    दोश्रो चरण जेठ २२ देखी जेठ २५सम्म सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलानबिहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचलन हुनेछ । 
    अभियान सफल बनाउन तालिम प्राप्त ८ सय ४० स्वास्थ्यकर्मी तथा १ हजार ६ सय ८० स्वयमसेवक जिल्लाका खोप केन्द्रहरुमा परिचालित हुने उनले जानकारी दिए । विद्यालय, वडा कार्यालय, सामुदायिक भवन लगायत विभिन्न स्थानमा केन्द्र राखेर औषधी सेवन गराइने उनले बताए । 
    २०७० चैत १३ मा नेपाललाई पोलियो रोग मुक्त घोषणा गरिएको थियो । तर, छिमेकी मुलुक पाकिस्तान र अफगानिस्थानमा अहिले पनि पोलियो रोग पूर्ण रुपमा उन्मूलन हुन सकेको छैन् । त्यस देशहरुमा नेपालीहरुको आवतजावत हुने गरेकाले रोग फैलिन नदिन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै पोलियो बिरुद्धको औषधी सेवन गराउने कार्यलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख झाको भनाई छ । 
    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शम्भु यादव, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. नितेश मिश्र, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. नागेन्द्र यादव तथा विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी