बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 

राजविराज राजविराज
|
बुधबार, पौष १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोलका किशुन मण्डल परिवारले बुधबार घटनास्थलमै संचारकर्मीहरुसित कुरा गर्दै यस्तो गुनासो गरेका हुन् ।
  •     उनले उक्त टोलमा आफ्नो नाममा रहेको १(ग) ७१६ किता नम्बरको एक कठ्ठा साढे तीन धुर जग्गामा निर्माणाधिन अवस्थामा रहेको भवनलाई बल प्रयोग गरि भत्काईएको गुनासो गरेका छन् ।
  •     उक्त जग्गाको केही भाग पारेर विपक्षी वडाध्यक्ष सरोज कुमार यादव सहित स्थानिय चन्द्रनारायण साह, रामगुलाम साह, रामप्रित साह, मोति साह लगायत ३५÷४० जनाको समूहले गत मंसिर २७ गते ग्रामिण सडक बनाउने भन्दै सहमति विनै जेसिभी प्रयोग गरि भवन संरचना भत्काउन थालेको र रोक्न खोज्दा श्रीमति द्रोपती, बुहारी कल्पना र आफूमाथि प्रहरीकै उपस्थितमा कुटपीट गरेको मंडलले जानकारी गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 

    आफ्नो नम्बरी जग्गामा बनाइएको घर भत्काइएको भन्दै एक पीडित परिवारले क्षतिपूर्ती तथा दोषिमाथी कारवाहीको माग गरेका छन् । 
    सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोलका किशुन मण्डल परिवारले बुधबार घटनास्थलमै संचारकर्मीहरुसित कुरा गर्दै यस्तो गुनासो गरेका हुन् ।
    उनले उक्त टोलमा आफ्नो नाममा रहेको १(ग) ७१६ किता नम्बरको एक कठ्ठा साढे तीन धुर जग्गामा निर्माणाधिन अवस्थामा रहेको भवनलाई बल प्रयोग गरि भत्काईएको गुनासो गरेका छन् ।
    उक्त जग्गाको केही भाग पारेर विपक्षी वडाध्यक्ष सरोज कुमार यादव सहित स्थानिय चन्द्रनारायण साह, रामगुलाम साह, रामप्रित साह, मोति साह लगायत ३५÷४० जनाको समूहले गत मंसिर २७ गते ग्रामिण सडक बनाउने भन्दै सहमति विनै जेसिभी प्रयोग गरि भवन संरचना भत्काउन थालेको र रोक्न खोज्दा श्रीमति द्रोपती, बुहारी कल्पना र आफूमाथि प्रहरीकै उपस्थितमा कुटपीट गरेको मंडलले जानकारी गराएका छन् ।
    जेसिभिले जथाभावी भत्काउन थालेपछि निर्माणाधिन अवस्थमामा रहेको पर्खाल, शौचालय, विद्युतीय वाईरिङ लगायत नष्ट भई करिव सात लाख बराबरको क्षति भएको मंडल परिवारको भनाई छ ।
    मंडल परिवारले घट्नाको छानविन, क्षतिपुर्ती तथा दोषी माथि कारबाहीको माग समेत गरेका छन् ।
    यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रुपनीमा पीडक विरुद्ध उजुरी दिएपनि हालसम्म कुनै कारवाही नगरिएको पीडित मध्येका एक कल्पनाले जनाएकी छिन् ।
    उक्त घट्नाको विषयलाई लिएर २०८१ पुष १ गते मंडल परिवारले रुपनी गाउँपालिकालाई समेत विपक्षी बनाउँदै उच्च अदालत जनकपुर राजविराज इजलासमा निषेघाज्ञा सम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
    उक्त रिट उपर सुनुवाही गर्दै न्यायधिशद्वय शुशिल कोइराला र कौशलचन्द्र सुवेदीको संयुक्त इजलासले अघिल्लो दिन मंगलबार तत्काल उक्त जग्गा हुँदै सडक निर्माणको काम नगर्न÷ नगराउन भनी विपक्षीहरुको नाममा अल्पकालिन अन्तिरिम आदेश जारी गरिदिएको छ ।
    पीडित मंडल परिवारले सार्वजनिक हित भन्दापनि व्यक्तिगत लाभका लागि हाम्रो नाममा रहेको नम्बरी जग्गा हुँदै विपक्षीहरुले सडक निर्माण गर्न खोजेको दोषारोपण गर्दै सरकारी लगानीको दुरुपयोग रोक्न समेत छानवीन हुनु जरुरी रहेको बताएका छन् ।
    यता वडाध्यक्ष सरोज कुमार यादवले दुई बर्ष अघि नै सडक बनाउने लिखित सहमति गरेपछि सोही अनुसार उनले घर निर्माण गरेको तर पछि आएर सडक बाटोमै पर्खाल र शौचालय निर्माण गरेपछि बाध्य भएर भत्काउनु परेको प्रतिक्रिया दिएका छन् ।    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सात सय गाँजाको बोट नष्ट
सात सय गाँजाको बोट नष्ट
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक
राजविराज नगरपालिका क्षेत्रमा गाजा खेती सर्वाधिक