वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण

राजविराज राजविराज
|
सोमबार, माघ २, २०७९
|
|
७६ पटक हेरिएको
Shares
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण

सारांश

  •     एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला, दलित तथा शारिरीक रुपमा अशक्त ३ सय ८० जनालाई फाईबर सिरक वितरण गरेको हो ।
  •       कार्यक्रममा विपन्न समुदायका १ सय ९० बृद्धबृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ ।
  •       यस वर्ष कुनै पनि पालिका वा वडाले यस्त्रो ठूलो परिमाणमा सिरक बितरण गरेको यो पहिलो पटक हो ।

दैनिक समाचारदाता
राजविराज, २ माघ । 

    चिसोबाट प्रभावित विपन्न परिवारलाई राजविराज नगरपालिका वडा नं. ६ ले सोमबार आफ्नै कार्यालय परिसरमा ठूलो परिमाणमा फाइबर सिरक वितरण गरेको छ । 
    एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला, दलित तथा शारिरीक रुपमा अशक्त ३ सय ८० जनालाई फाईबर सिरक वितरण गरेको हो । 
    कार्यक्रममा विपन्न समुदायका १ सय ९० बृद्धबृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ । 
    यस वर्ष कुनै पनि पालिका वा वडाले यस्त्रो ठूलो परिमाणमा सिरक बितरण गरेको यो पहिलो पटक हो ।
    चिसो संगै वडाका विपन्न, असहाय, अशक्त बृद्धबृद्धाको जनजीवन थप कष्टकर बनाउदै लगेपछी उनीहरुलाई वडाको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरिएको वडा अध्यक्ष शशी चौधरीले जानकारी दिएका छन् । 
    कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवहाक नगर प्रमुख इसरत परविन, नगरपालिकाको स्थास्थ्य शाखाका प्रमुख निरंजन यादव, वडा अध्यक्ष चौधरी लगायतले उक्त सिरक चिसो प्रभावित विपन्न समुदायलाई वितरण गरेका थिए । 
    विनोद चौधरीद्वारा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद मनोज कुमार माझी, पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन कुमार गुप्ता, वडा नंं ४ का अध्यक्ष दिनेश कुमार साह, वडा नं. ५ का अध्यक्ष बन्धु दास, वडा नं. ६ का सदस्य दिपक शर्मा, मो.जाहाँगिर, सोमिता सदा, लिला सरवरिया, वडा नं. ७ का सदस्य रामानन्द देव लगायतको समेतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु