वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण

राजविराज राजविराज
|
मंगलबार, जेठ २३, २०८०
|
|
४६ पटक हेरिएको
Shares
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण

सारांश

  •     डिभिजन वन कार्यालय सप्तरी तथा मधेश प्रदेश कृषि विश्वविद्यालयको संयुक्त आयोजनामा विहान प्रभातफेरीको आयोजना गरिएको हो ।
  •       स्थानीय गजेन्द्र चौकबाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर समापन भएको थियो ।
  •       प्रभातफेरीमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साह, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिस्टार डा.

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    विश्व वातावरण दिवसको अवसरमा सोमबार राजविराजमा प्रभातफेरी तथा वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना गरिएको छ । 
    डिभिजन वन कार्यालय सप्तरी तथा मधेश प्रदेश कृषि विश्वविद्यालयको संयुक्त आयोजनामा विहान प्रभातफेरीको आयोजना गरिएको हो । 
    स्थानीय गजेन्द्र चौकबाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर समापन भएको थियो । 
    प्रभातफेरीमा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त प्रसाद साह, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिस्टार डा. भगवान ठाकुर, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, वरख गणका गणपती दुर्गा बहादुर थापा, राजविराज नगरपालिकाका स्थास्थ्य शाखा प्रमुख निरन्जन यादव, डिभिजन वन कार्यालयका रेन्जर लक्ष्मण साफीका साथै वनका कर्मचारी, मधेश प्रदेश विश्वविद्यालयका छात्रछात्रा तथा विभिन्न संघ संस्थाका प्रतिनीधीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    प्रभातफेरीमा सहभागीले “रुख रोपी स्वच्छ वातावरण कायम गरौ, निजी जग्गामा वुक्षारोपण गरी वातावरण स्वच्छ र सफा राखौ, प्लास्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरण मैत्री विकल्प प्रयोग गरौं” लगायतका सचेतना मुलक नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 
    वातावरण दिवस कै अवसरमा डिभिजन वन कार्यालय सप्तरीले जिल्ला प्रशासन कार्यालय परिसर तथा जिल्ला स्थित सामुदायिक वनहरुमा समेत विभिन्न जातका हजारौं विरुवा रोपेको छ । 
    सो अवसरमा जिल्ला डिभिजन वन कार्यालयका प्रमुख साहले जिल्लामा वन क्षेत्र कम भएकोले खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षारोपण गर्न जोड दिए । वन तथा वातारणमा संकट निम्तने खतरा बढ्दै गएकाले विरुवाको महत्व संसारभर बढेको उनको भनाई थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु