लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप

राजविराज राजविराज
|
सोमबार, श्रावण ४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप

सारांश

  •     पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ६ कडरबोना चौक नजिकैबाट उनलाई शनिवार साँझ प्रहरीले ना.
  • १ज.
  • ७७१२ नम्बरको माईक्रोबसबाट चार सय १४ थान लागु औषधसहित पक्राउ गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ साउन । 
    लागु औषधसहित पक्राउ परेका सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ५ जण्डौलका १९ वर्षिया मो. सदरलाई सप्तरी जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ । 
    पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ६ कडरबोना चौक नजिकैबाट उनलाई शनिवार साँझ प्रहरीले ना.१ज. ७७१२ नम्बरको माईक्रोबसबाट चार सय १४ थान लागु औषधसहित पक्राउ गरेको थियो । 
    गोप्य सुचनाका आधारमा चेक जाँच गर्न इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले गाडी रोकी चेक जाँच गर्दा सदरले बोकेको निलो झोलाबाट प्रतिबन्धित नाईट्रोभेट ट्याब्लेट ३ सय थान तथा फेनारगन, नोफिन र डाइजेलव सुई ३८÷३८ थानका दरले बरामद गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?