रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०७७
|
|
६९ पटक हेरिएको
Shares
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 

सारांश

  • पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
  •   मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए ।
  • उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
पाँच दिन नबित्दै बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका अर्का एक सप्तरीका युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा बैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका तीन यूवकको मृत्यु भएको छ । 
पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ । 
मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए । 
गत मंगलबार मात्रै मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । 
यस्तै डेढ महिना अघि सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो । 
गत चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यता तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले चैत २ गते मृत्यु भएका विष्णुदेवको शव लकडाउनका कारण मलेशियामै रहेको तथा लकडाउन खुलेपछि तीनै जनाको शव एकै साथ नेपाल ल्याउनेतर्फ पहल भइरहेको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन