दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
पाँच दिन नबित्दै बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका अर्का एक सप्तरीका युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा बैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका तीन यूवकको मृत्यु भएको छ ।
पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी झण्डै तीन वर्षदेखी मलेशियामा कार्यरत थिए ।
गत मंगलबार मात्रै मलेशियामै सप्तरीको बलान बिहुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए । उनी तीन महिनाअघि मात्र बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए ।
यस्तै डेढ महिना अघि सप्तरीको राजविराज वडा नं. १० बिरौल निवासी २५ वर्षिय विष्णुदेव मण्डलको पनि मलेशयिामै मृत्यु भएको थियो ।
गत चैत २ गते राती एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनी दुई महिना अघि मात्र रोजगारीका लागि मलेशिया गएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत आप्रवासी श्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।
यता तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले चैत २ गते मृत्यु भएका विष्णुदेवको शव लकडाउनका कारण मलेशियामै रहेको तथा लकडाउन खुलेपछि तीनै जनाको शव एकै साथ नेपाल ल्याउनेतर्फ पहल भइरहेको बताए ।
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो
सारांश
- पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ भिमपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी श्रोत केन्द्र राजविराजले जानकारी दिएको छ ।
- मलेशियाको सलेङ्गर जिल्लास्थित आई४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा ब्रेकको समयमा खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए ।
- उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया