दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिता भित्र रहेर सबैले काम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
बुधबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सप्तरीले आयोजना गरेको “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ पर्यवेक्षकलागि अभिमुखीकरण” कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि मधेशी आयोगकी सदस्य आभासेतु सिंहले निर्वाचन आचारसंहिताको भित्र रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न भए मात्र देशले सही प्रतिनिधि पाउने बताइन् ।
मधेशी आयोगका अर्का सदस्य जिवछ साहले निर्वाचन पर्यवेक्षणमा खटिने प्रतिनिधिले कसैको पक्ष विपक्षमा नलागेर मतदान स्थलमा देखिने यर्थात अवस्थालाई समेटेर माथिल्लो निकायमा सत्यतथ्य रिपोटिङ गर्नुपर्नेमा जोड दिए ।
सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलका साथै सबै सरोकारवालाहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको भूमिका उत्तिकै महत्वपूर्ण रहेकाले आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि अपील समेत गरे ।
नियोक सप्तरीका संयोजक जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगर, समावेशी आयोगका सदस्य विष्णु ओझा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिला थापा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक अविनारायण काफ्ले लगायतले पनि निर्वाचन आचारसहिंताको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनु पर्ने बिधि बारे आ–आफ्नो धारणा राखेका थिए ।
अभिमूखी कार्यक्रममा निर्वाचनमा खटिने नियोकका सप्तरी जिल्ला पर्यवेक्षकहरुलाई अनिल पोखरेल र ललिता चौधरीले तालिम प्रदान गरिरहेको संस्थाले जनाएको छ ।
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
सारांश
- बुधबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सप्तरीले आयोजना गरेको “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ पर्यवेक्षकलागि अभिमुखीकरण” कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
- कार्यक्रमकी प्रमुख अतिथि मधेशी आयोगकी सदस्य आभासेतु सिंहले निर्वाचन आचारसंहिताको भित्र रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न भए मात्र देशले सही प्रतिनिधि पाउने बताइन् ।
- मधेशी आयोगका अर्का सदस्य जिवछ साहले निर्वाचन पर्यवेक्षणमा खटिने प्रतिनिधिले कसैको पक्ष विपक्षमा नलागेर मतदान स्थलमा देखिने यर्थात अवस्थालाई समेटेर माथिल्लो निकायमा सत्यतथ्य रिपोटिङ गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया