हत्याको आरोपमा बाबु छोरा पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक १३, २०७६
|
|
१०१ पटक हेरिएको
Shares
हत्याको आरोपमा बाबु छोरा पक्राउ

सारांश

  •     पक्राउ परेका कंचनरुप नगरपालिका ५ का ३६ बर्षिय श्रीलाल सरदार र उनका १९ बर्षिय छोरा बिजय सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
  •     मृतकका बुबा जनक मुखियाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छोरा हराएको दिएको निवेदन दिएको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका ५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
  •       यता घटनामा संलग्न बाबु छोरासहित ५ जनाले घरबाट मुखियालाई बोलाई लगेको तथा सोही दिनदेखि उनी वेपत्ता रहेको भनी मृतकका बुबा जनक मुखियाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    सप्तरीको कंचनरुप नगरपालिका ५ का २३ बर्षिय अजय मुखियालाई हत्या गरि खाल्डो खनी गाडेर वेपत्ता पारेको अभियोगमा सप्तरी प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । 
    पक्राउ परेका कंचनरुप नगरपालिका ५ का ३६ बर्षिय श्रीलाल सरदार र उनका १९ बर्षिय छोरा बिजय सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
    मृतकका बुबा जनक मुखियाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छोरा हराएको दिएको निवेदन दिएको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका ५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 
    यता घटनामा संलग्न बाबु छोरासहित ५ जनाले घरबाट मुखियालाई बोलाई लगेको तथा सोही दिनदेखि उनी वेपत्ता रहेको भनी मृतकका बुबा जनक मुखियाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । 
    सो जाहेरीको आधारमा खोज तलास सुरु गरेको प्रहरीले उदयपुरको कटारीबाट कात्तिक ९ गते श्रीलाल सरदारलाई पक्राउ गरेको थियो भने उनकै बयानका आधारमा प्रहरीले कात्तिक १० गते उनको छोरा बिजयलाई पनि आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । 
    बदेलको सिकार खेल्न गाउँ नजिकैको जंगलमा गएका बेला करेन्ट लागेर अजयको मृत्यु भएको अनुसन्धानका क्रममा पक्राउ परेका बाबुछोराले बताएको प्रहरीले जानकारी दिएको छ । 
    बाबु छोराले बदेल मार्ने योजना अनुरुप जङगल छेउकै धानखेतमा बिजुलीको उपकरण मार्फत करेन्टको बार लगाईएको र त्यसमा बदेलको सट्टा अजय नै परेको बयान दिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 
    उनका अनुसार सुरुमा श्रीलाल सरदारले घटना लुकाउन अजयको शव कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा नदीको किनारमा बालुवा मुनी गाडेको बताएका थिए । तर उनको भनाईको आधारमा सो स्थानमा पुगी प्रहरीले उत्खनन गर्दा अजयको लुगा मात्र फेला परेको थियो । 
    त्यसपछि प्रहरीले उनको छोरा बिजयलाई छुट्टै राखेर केरकार गरेपछि थप रहस्य खुल्दै गयो । बिजयले सुरुमा अजयको शव बुवा श्रीलालले बताएकै ठाउँमा गाडेपनि १ फिट मात्र खनिएर गाडिएकाले गन्हाउने र प्रहरीले चाल पाउने आशंकाले भोली पल्ट त्यहाँबाट झिकेर अजयको शव ५ किलोमिटर टाढा पु¥याइ त्रियुगा नदीकै किनारमा १० फिट गहिरो खाडल खनेर पुनः गाडेको खुलासा गरेका थिए । 
    बिजयको बयानको आधारमा मंगलबार पुगेको प्रहरी टोलीले सो ठाउँको उत्खनन गर्दा अजयको शव फेला पारेको हो । यता बरामद शव पोष्टमार्टमका लागी धरान स्थित बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिदै घटनामा संलग्न अन्य तीन जना फरार रहेकाले खोजी कार्य तिब्र बनाइएको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन