हत्याको आरोपमा बाबु छोरा पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
हत्याको आरोपमा बाबु छोरा पक्राउ

सारांश

  •     पक्राउ परेका कंचनरुप नगरपालिका ५ का ३६ बर्षिय श्रीलाल सरदार र उनका १९ बर्षिय छोरा बिजय सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
  •     मृतकका बुबा जनक मुखियाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छोरा हराएको दिएको निवेदन दिएको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका ५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
  •       यता घटनामा संलग्न बाबु छोरासहित ५ जनाले घरबाट मुखियालाई बोलाई लगेको तथा सोही दिनदेखि उनी वेपत्ता रहेको भनी मृतकका बुबा जनक मुखियाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    सप्तरीको कंचनरुप नगरपालिका ५ का २३ बर्षिय अजय मुखियालाई हत्या गरि खाल्डो खनी गाडेर वेपत्ता पारेको अभियोगमा सप्तरी प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । 
    पक्राउ परेका कंचनरुप नगरपालिका ५ का ३६ बर्षिय श्रीलाल सरदार र उनका १९ बर्षिय छोरा बिजय सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
    मृतकका बुबा जनक मुखियाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छोरा हराएको दिएको निवेदन दिएको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका ५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 
    यता घटनामा संलग्न बाबु छोरासहित ५ जनाले घरबाट मुखियालाई बोलाई लगेको तथा सोही दिनदेखि उनी वेपत्ता रहेको भनी मृतकका बुबा जनक मुखियाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । 
    सो जाहेरीको आधारमा खोज तलास सुरु गरेको प्रहरीले उदयपुरको कटारीबाट कात्तिक ९ गते श्रीलाल सरदारलाई पक्राउ गरेको थियो भने उनकै बयानका आधारमा प्रहरीले कात्तिक १० गते उनको छोरा बिजयलाई पनि आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । 
    बदेलको सिकार खेल्न गाउँ नजिकैको जंगलमा गएका बेला करेन्ट लागेर अजयको मृत्यु भएको अनुसन्धानका क्रममा पक्राउ परेका बाबुछोराले बताएको प्रहरीले जानकारी दिएको छ । 
    बाबु छोराले बदेल मार्ने योजना अनुरुप जङगल छेउकै धानखेतमा बिजुलीको उपकरण मार्फत करेन्टको बार लगाईएको र त्यसमा बदेलको सट्टा अजय नै परेको बयान दिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 
    उनका अनुसार सुरुमा श्रीलाल सरदारले घटना लुकाउन अजयको शव कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा नदीको किनारमा बालुवा मुनी गाडेको बताएका थिए । तर उनको भनाईको आधारमा सो स्थानमा पुगी प्रहरीले उत्खनन गर्दा अजयको लुगा मात्र फेला परेको थियो । 
    त्यसपछि प्रहरीले उनको छोरा बिजयलाई छुट्टै राखेर केरकार गरेपछि थप रहस्य खुल्दै गयो । बिजयले सुरुमा अजयको शव बुवा श्रीलालले बताएकै ठाउँमा गाडेपनि १ फिट मात्र खनिएर गाडिएकाले गन्हाउने र प्रहरीले चाल पाउने आशंकाले भोली पल्ट त्यहाँबाट झिकेर अजयको शव ५ किलोमिटर टाढा पु¥याइ त्रियुगा नदीकै किनारमा १० फिट गहिरो खाडल खनेर पुनः गाडेको खुलासा गरेका थिए । 
    बिजयको बयानको आधारमा मंगलबार पुगेको प्रहरी टोलीले सो ठाउँको उत्खनन गर्दा अजयको शव फेला पारेको हो । यता बरामद शव पोष्टमार्टमका लागी धरान स्थित बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिदै घटनामा संलग्न अन्य तीन जना फरार रहेकाले खोजी कार्य तिब्र बनाइएको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु