सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा

राजविराज राजविराज
|
बुधबार, आषाढ २४, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा

सारांश

  •     सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटि तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ सप्तरीको संयुक्त अगुवाईमा यातायात मजदुरहरुले सो प्रदर्शन गरेका हुन् ।
  •       बिरोध प्रदर्शनका क्रममा की ज्यान मार, की काम गरेर खान देउ सरकार, निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।
  •       प्रदर्शन पश्चात् उनीहरु प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले यातायात संचालनको माँग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटि तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ सप्तरीको संयुक्त अगुवाईमा यातायात मजदुरहरुले सो प्रदर्शन गरेका हुन् । 
    बिरोध प्रदर्शनका क्रममा की ज्यान मार, की काम गरेर खान देउ सरकार, निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    प्रदर्शन पश्चात् उनीहरु प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 
    पठाइएको ज्ञापनपत्रमा विगत चार महिनादेखी सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै निजि जस्तै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनु पर्ने माँग गरिएको छ । 
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखी बेरोजगार भई घरमै सीमित हुनुपरेकोले अहिले पनि काम नगरे के खाने प्रश्न गरे ।
    बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश २ का महासचिव केदार देव, अखिल नेपाल विद्युतीय रिक्सा, टेम्पु, अटो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र देव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटिका अध्यक्ष भोलाप्रसाद यादवलगायतले सात दिन भित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजि सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए । 
    सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ