सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, आषाढ १३, २०८१
|
|
७८ पटक हेरिएको
Shares
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सारांश

  •     आयोजित समिक्षा गोष्ठीमा सामी परियोजनाका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले सप्तरी जिल्लाको बैदेशिक रोजगारीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
  •       उनले नेपाल भरीबाटै सबैभन्दा बढी बैदेशिक रोजगारमा मधेश प्रदेशबाट युवाहरु जाने गरेको बताए ।
  • त्यसमा पनि सबै भन्दा बढी धनुषा तथा सप्तरी पाचौं स्थानमा हरेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 

    सुरक्षित आप्रवासी (सामी) कार्यक्रम अन्तरगत जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी बिहीबार राजविराजमा सम्पन्न भएको छ । 
    आयोजित समिक्षा गोष्ठीमा सामी परियोजनाका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले सप्तरी जिल्लाको बैदेशिक रोजगारीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । 
    उनले नेपाल भरीबाटै सबैभन्दा बढी बैदेशिक रोजगारमा मधेश प्रदेशबाट युवाहरु जाने गरेको बताए । त्यसमा पनि सबै भन्दा बढी धनुषा तथा सप्तरी पाचौं स्थानमा हरेको उल्लेख गरे । सप्तरीबाट चालु आ.ब. को पुस मसान्तसम्मा १३ हजार ९ सय ७१ जना बैदेशिक रोजगारीमा गएको जानकारी दिए । 
    प्रस्तुतीकरणकै क्रममा अधिकृत मण्डलले सप्तरी जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सामी परियोजना संचालनमा रहेको जानकारी दिँदै आगामी आ.ब. २०८१÷८२ बाट जिल्लाको रुपनी गाउँपालिका, महादेवा गाउँपालिका र बोदेबरसाइन नगरपालिकामा समेत सो परियोजना संचालन हुने बताए । 
    परियोजनाले बैदेशिक रोजगारमा जानेहरुलाई सीप सिकेर मात्र जान परामर्श दिनुका साथै, बैदेशिक रोजगारमा गएका परिवारहरुलाई मनोबैज्ञानिक परामर्श तथा वित्तिय साक्षरता र ठगिमा परेकाहरुका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा आयोजित गोष्ठीमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरी, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकाल, कंचनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, विभिन्न पालिकाका प्रमुखप्रशासकीय अधिकृतका साथै सामी परियोजनाका सप्तरी संयोजक राजेन्द्र यादव, राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष कुमार यादव लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?