राजविराज÷आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देश कंगाल, नेताहरु मालामाल बन्दै गएको आरोप लगाएका छन् ।
मधेश प्रदेशको सप्तरी सदरमुकाम राजविराजबाट सो पार्टीले शनिबारदेखी “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियानलाई शुभारम्भ गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष साहले सरकार कुम्भकरण जस्तै सुतिरहेकाले आमजनताको समस्या बारे जानकारी र खबरदारी गर्न विशेष अििभयान स्वरुप मधेशमा “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियान थालिएको बताए ।
“मुलुकमा भ्रष्टाचार, कुशासन, मंहगी, अनियमितता बढ्दे गइरहेको छ, उनले भने, यही बेला सोझासाझा जनतामाथी अनावश्यक र थेग्ने नै नसक्ने गरि कर माथी कर थुपार्दै सरकारले राज्यको ढुकुटी लुटिरहेको छ ।”
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, मंहगी, बेरोजगारी, बैदेशिक रोजगारी ठगी, भन्सारमा मनोमानी कर लगायतको विषयमा खबरदारी गर्न सो अभियान थालेको उनको भनाई छ ।
जनतामाथी करको भार लादेर मंहगी चरम रुपमा बढेको, नेताहरु मोटाउँदै गएको र देश कंगाल अवस्थामा पुग्न लागेको उनले बताए । सबैभन्दा बढी राजश्व बुझाउने मधेश प्रदेशलाई केन्द्रबाट दिइने बजेट पनि अति न्युन मात्रामा दिएर विभेद गरिएको उनको भनाई थियो । भ्रष्टाचार बिरुद्धका कार्यक्रम लिएर जनता समक्ष जाँदा पनि आफूलाई चेकजाचको बहानामा सिरहाको लहानमा प्रहरीले घण्टौं रोकेर अनावश्यक दुःख दिएको समेत उनले गुनासो पोखे ।
कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय नेता सुनिता साह, दिलिप साह, मो. इस्लाम लगायतले पनि देशको वर्तमान अवस्थामा र आजपाको अभियान बारे बोलेका थिए ।
सप्तरीको राजविराजबाट सुरु भएको भ्रष्टाचार बिरुद्धको मधेश यात्रा विशेष गरि हुलाकी राजमार्गबाट सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा हुँदै पर्साको बिरगंजमा पुगेर समापन हुने सो अवसरमा वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने अभियानका क्रममा विभिन्न स्थानमा भेला, बैठक, खबरदारी सभा र अन्तरक्रिया लगायतका कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह
सारांश
- “मुलुकमा भ्रष्टाचार, कुशासन, मंहगी, अनियमितता बढ्दे गइरहेको छ, उनले भने, यही बेला सोझासाझा जनतामाथी अनावश्यक र थेग्ने नै नसक्ने गरि कर माथी कर थुपार्दै सरकारले राज्यको ढुकुटी लुटिरहेको छ ।
- ” आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, मंहगी, बेरोजगारी, बैदेशिक रोजगारी ठगी, भन्सारमा मनोमानी कर लगायतको विषयमा खबरदारी गर्न सो अभियान थालेको उनको भनाई छ ।
- जनतामाथी करको भार लादेर मंहगी चरम रुपमा बढेको, नेताहरु मोटाउँदै गएको र देश कंगाल अवस्थामा पुग्न लागेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया