दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो ।
यस्तै खडक नगरपालिकाका ३, महदेवा गाउँपालिकाका २, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।
यसैबीच स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदा ल्याउँदै एक प्रधानाध्यापकको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका वडा नं. ४ घर भई विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका प्रधानाध्यापक रहेका ५५ वर्षिय सूर्यनारायण यादवको आइतबार दिउँसो उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
कोरोनाको आशंका गरिएकाले मृतकको स्वाब संकलन गरि पिसिआर परिक्षण थालिएको मेडिकल सुपरिटेन्डन्ट डा. रन्जित झाले जानकारी दिए ।
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
सारांश
- गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो ।
- यस्तै खडक नगरपालिकाका ३, महदेवा गाउँपालिकाका २, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
- योसँगै कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया