दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
प्रतिबन्धित लागु औषधसहित सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षिय राजकुमार मेहता, सोही वडाका १९ वर्षिय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह छन् ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसि एक सय एमएल १ सय ९० बोतल, डाइजेपाम २ एमएलको सुई, फेनारगन २ एमएलको सुई र लेजेसिक २ एमएलको सुई ९५÷९५ का दरले बरामद गरेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
सो क्रममा प्रहरी उपरिक्षक काफ्लेले जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित पूर्वपश्चिम कोशी कनाल पम्प नहरको बाटोमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेको जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.२३प. २७७३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरु बारे शंका लागि चेकजाच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई शुक्रबार नै सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागु औषधसहित तीन पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षिय राजकुमार मेहता, सोही वडाका १९ वर्षिय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह छन् ।
- भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसि एक सय एमएल १ सय ९० बोतल, डाइजेपाम २ एमएलको सुई, फेनारगन २ एमएलको सुई र लेजेसिक २ एमएलको सुई ९५÷९५ का दरले बरामद गरेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
- सो क्रममा प्रहरी उपरिक्षक काफ्लेले जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित पूर्वपश्चिम कोशी कनाल पम्प नहरको बाटोमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया