दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सम्भावित कोरोना भाईरसको संक्रमणका वावजुद जोखिमपूर्ण अवस्थामा काम गरिरहेका संचारकर्मीलाई सुरक्षाका लागि एक संस्थाले आवश्यक सामग्री प्रदान गरेको छ ।
गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो ।
गुडबिल हेल्थकेयरका प्रतिनिधि रोशन कुमार परियार तथा लाईन्स क्लव अफ सप्तरीका अध्यक्ष दिनेश कुमार साहले उक्त सामग्री संचारकर्मीहरुलाई हस्तान्तरण गरे ।
सो क्रममा थ्रमलगनबाट संचारकर्मीहरुको ज्वरोमापन समेत गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले सुरक्षा सामग्री अभावका बिच पनि संचारकर्मीहरु जोखिमपुर्ण अवस्थामा काम गरिरहेको बेला उपलब्ध गराईएको सुरक्षा सामग्रीले सुरक्षित भई काम गर्न मद्दत पुर्याएको बताए ।
सो संस्थाले अघिल्लो दिन पनि कोरोनो विरुद्घ जोखिमपूर्ण अवस्थामा दिनरात खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेका थिए ।
संचारकर्मीलाई सुरक्षा सामग्री
सारांश
- गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो ।
- गुडबिल हेल्थकेयरका प्रतिनिधि रोशन कुमार परियार तथा लाईन्स क्लव अफ सप्तरीका अध्यक्ष दिनेश कुमार साहले उक्त सामग्री संचारकर्मीहरुलाई हस्तान्तरण गरे ।
- सो क्रममा थ्रमलगनबाट संचारकर्मीहरुको ज्वरोमापन समेत गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया