बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी

सारांश

  •     जेलगार्ड सडक खण्डमा स्थानीय ३९ वर्षिया मञ्जु राउतले संचालन गर्दै आएको किराना पसलमा आगलागि भएको हो।
  •       एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरामा पसल संचालन गर्दै आएकी उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।
  •       दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    राजविराज ७ स्थित एक पसलमा बोतलमा राखेर बेच्ने गरेको पेट्रोलका कारण आगलागि हुँदा पसलनै खरानी भएको छ । 
    जेलगार्ड सडक खण्डमा स्थानीय ३९ वर्षिया मञ्जु राउतले संचालन गर्दै आएको किराना पसलमा आगलागि भएको हो।  
    एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरामा पसल संचालन गर्दै आएकी उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो । 
    दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो । 
    आगो निभाउने प्रयास गर्दा पसल संचालक मञ्जु पनि घाईते भईन । उनको खुट्टाको केही भाग जलेको छ । आगलागीबाट कटघरा, किराना समाग्री तथा विक्रीका लागी प्लास्टीक बोतलमा भरेर राखिएको एक दर्जन पेट्रोलका बोतल समेत जलेर नष्ट भइ एक लाख बराबरको क्षती भएको मञ्जुले सुनाईन । 
    आगलागीबाट मञ्जुको पसलसंगै छिमेकी बलराम राउतको पसलमा समेत १० हजार बराबरको क्षती भएको पीडित पसले राउतले सुनाए । स्थानीयवासीको मद्दतले आधी घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ 
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद