अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 

राजविराज राजविराज
|
बिहिबार, मंसिर ९, २०७८
|
|
१४ पटक हेरिएको
Shares
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 

सारांश

  •     सातौं औं उद्योग दिवस २०७८ को अवसर घरेलु तथा साना उद्योग कार्यालयले बिहीबार राजविराजस्थित उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागि उद्योगि व्यवसायीहरुले सो कुरामा जोड दिएका हुन् ।
  •       आवश्यक जानकारी र ज्ञानको अभावमा बजार अनुमगनको क्रममा उद्योगि व्यवसायीहरुले अनावश्यक दुःख व्यहोर्नु परिरहेको उनीहरुको भनाई छ ।
  •     कार्यक्रममा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालले यहाँका ८० प्रतिशत व्यापारी स–साना र मझौलाखालका रहेकाले त्यसमध्ये अधिकांशलाई नयाँ कर प्रणाली, पसल र उद्योग दर्ता नविकरण, ढक तराजुको नविकरण आदि लगायतका प्रक्रिया बारे खासै जानकारी नभएकोले उनीहरुलाई अनुमगन पूर्व जागरुक अभिायन आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    सप्तरीका उद्योगि व्यवसायीहरुले अनुगमन पूर्व जागरुक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
    सातौं औं उद्योग दिवस २०७८ को अवसर घरेलु तथा साना उद्योग कार्यालयले बिहीबार राजविराजस्थित उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागि उद्योगि व्यवसायीहरुले सो कुरामा जोड दिएका हुन् । 
    आवश्यक जानकारी र ज्ञानको अभावमा बजार अनुमगनको क्रममा उद्योगि व्यवसायीहरुले अनावश्यक दुःख व्यहोर्नु परिरहेको उनीहरुको भनाई छ ।
    कार्यक्रममा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालले यहाँका ८० प्रतिशत व्यापारी स–साना र मझौलाखालका रहेकाले त्यसमध्ये अधिकांशलाई नयाँ कर प्रणाली, पसल र उद्योग दर्ता नविकरण, ढक तराजुको नविकरण आदि लगायतका प्रक्रिया बारे खासै जानकारी नभएकोले उनीहरुलाई अनुमगन पूर्व जागरुक अभिायन आवश्यक रहेको बताए । 
    अध्यक्ष अग्रवालले यस्ता समस्याको निराकरण गर्न स्थानिय प्रशासन, सरोकारवाला र उद्योग बाणिज्य संघको संयुक्त पहलमा अनुमगन पूर्व व्यवसायीहरुमा सचेतना फैलाउन जागरुक अभियान चलाउनु पर्नेमा जोड दिए ।
    संघका नवनिर्वाचित महासचिव अमृत संचेतीले बजारमा अनुगमन टोली पुग्दा आवश्यक ज्ञानको अभावमा त्रसित भई केही पसलेहरु सटर बन्द गरि हिड्ने गरेकोले यस्तो अवस्था आउन नदिन उनीहरुलाई आवश्यक तालिम र ज्ञान दिई जागरुक बनाउनु पर्नेमा जोड दिए । 
    घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव शत्रुघन देव, नागरिक संजालका अध्यक्ष सुखराम यादव, वडा अध्यक्ष जयनारायण मण्डल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
तीन सय किलोको पितलको घण्टा स्थापना
तीन सय किलोको पितलको घण्टा स्थापना
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
ग्यास सिलिन्डर पडकिएर आगलागि 
ग्यास सिलिन्डर पडकिएर आगलागि