ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
३० पटक हेरिएको
Shares
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते

सारांश

  •     ६ सूत्रिय माग राखी बिहीबार नगरपालिकामा चार दलिय गठबन्धनले तालाबन्दी गरेको थियो ।
  • तर, शुक्रबार अर्कोपक्षले जबरजस्ती ताला फोडेर कार्यालय संचालन गरेका थिए ।
  • सोही विषयलाई लिएर दुबैपक्षबीच झडप भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    सप्तरीको सप्तकोशी नगरपालिकामा आइतबार ताला लगाउने र खोल्ने पक्षबीच झडप भएको छ । सो झडपमा एक वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् । 
    ६ सूत्रिय माग राखी बिहीबार नगरपालिकामा चार दलिय गठबन्धनले तालाबन्दी गरेको थियो । तर, शुक्रबार अर्कोपक्षले जबरजस्ती ताला फोडेर कार्यालय संचालन गरेका थिए । सोही विषयलाई लिएर दुबैपक्षबीच झडप भएको हो । 
    झडपमा आन्दोलनकारी पक्षका सप्तकोशी नगरपालिका वडा ४ का वडाअध्यक्ष बद्री नारायण चौधरी र वडा ९ का किशुन यादव घाइते भएको प्रहरीले जनाएको छ । टाउको फुटेका दुबै जनाको स्थानिय फत्तेपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । 
    आन्दोलनकारीले जबरजस्ती ताला खोल्ने पक्षले आक्रमण गरि घाइते बनाएको दाबी गरिरहँदा ताला खोल्ने पक्षले आन्दोलनकारीले नै जथाभावी गरेको ढुंगामुढाबाट ती दुबै घाइते भएको दाबी गरेको छ । 
    यसैबीच प्रदर्शनकारीले हानेको ढुंगा लागेर नगरकार्यपालिकाको डिजिटल बोर्ड तथा विभिन्न शाखाको झ्यालका सिसाहरु समेत फुटेको नगर प्रमुख उत्तम गौतमले बताए । दुबै पक्षबीच आन्दोलन चर्किदै जाँदा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको थियो ।
    सत्तासिन गठबन्धन नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । 
    त्यसको भोली पल्टै शुक्रबार एकपक्षिय रुपमा जनप्रतिनिधिले ताला फुटाई कामकाज सुरु गरेपछि विवादले उग्र रुप लिएको चार दलद्वारा गठित संघर्ष समितिका संयोजक युवराज खनालको भनाई छ । 
    आर्थिक वर्ष २०७८÷७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरीद गरिएको उपकरणहरुको खरीद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । तर वेवास्ता गरेको र लगाएको ताला पनि एकपक्षिय ढंगले फुटाईदिएकाले बाध्य भई जनता सडकमा उत्रेको आन्दोलनरत पक्षको भनाई छ । 
    यता नगरप्रमुख गौतमले वार्तामा बोलाउदा पनि ताला लगाउने पक्ष नआउँदा सेवाग्राही मारमा परेकाले ताला तोडिएको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?