दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अघि बढाउन माग गर्दै सोमवार राजविराजमा प्रर्दशन गरिएको छ ।
सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन समितीको अगुवाईमा प्रतिष्ठानको काम अविलम्ब सुचारु गर्न माग गर्दै प्रर्दशन गरिएको हो ।
आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले घोषित आन्दोलनका कार्यक्रम अनुसार १२ मंसिरमा सिठ्ठी जुलुस, १३ मंसिरमा दिउसै टर्च बालेर नेता÷साँसदको खोजी, १४ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना र १५ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ ।
सात दिने आन्दोलनबाट पनि माग सुनवाइ नभए अर्काे बैठक वसी आन्दोलनका थप शसक्त कार्यक्रमहरु घोषणा गरी अघि बढ्ने संयोजक यादवको भनाइ छ ।
यता पाँच वर्ष भित्र निर्माण सक्ने लक्ष्यका साथ अढाई वर्ष अघि शिलान्यास गरि अलपत्र अवस्थामा छाडिएको भन्दै प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा स्थानीयहरुले संघर्ष समिती नै गठन गरी विगत ४५ दिन देखी रिले अनशनमा वसेका छन् । तर सरकारले कुनै चासो नदेखाएको भन्दै थप दवाब दिन सप्तरी यृुथ नेपालले पनि आन्दोलन समिती गठन गरी आन्दोलनको कार्यक्रमभ अघि बढाएका हुन् ।
शिलान्यास भएको २५ महिना वितिसक्दा पनि सुरु हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागँ अघि सार्दै गत असोज २६ देखी रिले अनशन सुरु भएको होेष्स् ि।
संर्घष समितीका संयोजक राम कुमार दासको नेतृत्वमा ४५ औं दिन सोमबार पनि २४ घण्टे रिले अनशनलाई निरन्तरता दिइएको छ । उनले आफूहरुको माग सम्बोधन नभएसम्म रिले अनशन जारि रहने बताएका छन् ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
सारांश
- सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन समितीको अगुवाईमा प्रतिष्ठानको काम अविलम्ब सुचारु गर्न माग गर्दै प्रर्दशन गरिएको हो ।
- आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले घोषित आन्दोलनका कार्यक्रम अनुसार १२ मंसिरमा सिठ्ठी जुलुस, १३ मंसिरमा दिउसै टर्च बालेर नेता÷साँसदको खोजी, १४ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना र १५ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ ।
- सात दिने आन्दोलनबाट पनि माग सुनवाइ नभए अर्काे बैठक वसी आन्दोलनका थप शसक्त कार्यक्रमहरु घोषणा गरी अघि बढ्ने संयोजक यादवको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया