रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन

राजविराज राजविराज
|
शनिबार, कार्तिक ११, २०८०
|
|
५६ पटक हेरिएको
Shares
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन

सारांश

  •     यस अवधीमा प्रतिनिधिसभा सदस्य डा.
  • सीके राउत, नवलकिशोर साह, राष्ट्रियसभा सदस्य रन्जु ठाकुर, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, मधेश प्रदेशका शिक्षा मन्त्रि लगायत एक दर्जन सांसद, मन्त्रि र नेताहरु अनशन स्थलमा पुगिसकेका छन् ।
  • ती सबैले प्रतिष्ठानको काम सूचारुका लागि आवश्यक पहल गर्ने आश्वासन दिँदै फर्किने गरेको र हालसम्म कुनै सकारात्मक नतिजा प्राप्त नभएको संघर्ष समितिका संयोजक दासको भनाई छ ।

    राजविराज÷सप्तरी जिल्लाको बहुप्रतिष्ठित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै १६ दिनदेखि थालेको अनिश्चितकालिन रिले अनशनलाई शनिवार पनि स्थानीयवासीले निरन्तरता दिएका छन् ।
    शिलान्यास भएको २५ महिना वितिसक्दा पनि सुरु हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागँ अघि सार्दै गत असोज २६ देखी रिले अनशन सुरु भएको होे ।
    पाँच वर्ष भित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि सरकारले शिलान्यास गरेको २ वर्ष नाघि सक्दा पनि निर्माण नै सुरु नगर्दा स्थानीय आक्रोशित बनेका छन् । संर्घष समितीका संयोजक राम कुमार दासको नेतृत्वमा १६औं दिन शनिबार पनि २४ घण्टे रिले अनशनलाई निरन्तरता दिइएको छ । उनले आफूहरुको माग सम्बोधन नभएसम्म रिले अनशनका साथै आन्दोलनका अन्य सशक्त कार्यक्रमहरु ल्याउने तयारी गरिएको समेत जानकारी दिएका छन् । 
    यस अवधीमा प्रतिनिधिसभा सदस्य डा. सीके राउत, नवलकिशोर साह, राष्ट्रियसभा सदस्य रन्जु ठाकुर, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, मधेश प्रदेशका शिक्षा मन्त्रि लगायत एक दर्जन सांसद, मन्त्रि र नेताहरु अनशन स्थलमा पुगिसकेका छन् । ती सबैले प्रतिष्ठानको काम सूचारुका लागि आवश्यक पहल गर्ने आश्वासन दिँदै फर्किने गरेको र हालसम्म कुनै सकारात्मक नतिजा प्राप्त नभएको संघर्ष समितिका संयोजक दासको भनाई छ । 
    प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन । प्रतिष्ठान निर्माण स्थल वेवारिसे अवस्थामा रहँदा अहिले गौचरणमा परिणत भएको छ । 
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
    प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर संचालनमा ल्याइएको पुर्वाधार तयारी विकास समितीको कार्यालय अहिले बोर्डमा मात्र सिमित भएको छ । समितीका अध्यक्ष डा.रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछी अर्काे अध्यक्ष नियुक्त गरिएको छैन । 
    गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद  समेत रिक्त छ । यस्तै प्रष्ठिानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछी प्रतिष्ठान कर्मचारी विहीन बनेको छ । 
    पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैया खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
अग्निपीडितलाई  राहत प्रदान
अग्निपीडितलाई  राहत प्रदान
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम