दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
करदाता सेवा कार्यालय राजविराजले गत आर्थिक वर्षमा राजश्व संकलनमा १३ प्रतिशतले प्रगति हासिल गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो राजश्व अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
कार्यालयले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा केही कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा संकलित करिब ७७ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि भएको करदाता सेवा कार्यालय राजविराजका प्रमुख लालदेव सर्राफले जानकारी दिएका छन् ।
करदातामुखी कार्यक्रम, कर शिक्षा अभियान, कर अनलाइन प्रणालीको विस्तार, सेवाग्राहीलाई सहज सेवा, तस्करी नियन्त्रणका लागि बजार अनुगमन तथा कर छली विरुद्धका निगरानीले राजस्व संकलनमा सकारात्मक परिणाम देखिएको उनले बताए ।
राजस्व वृद्धिका लागि कर सचेतना अभिवृद्धि, करदाता शिक्षा, सडक नाटक, भित्तालेखन, करशिविर, विचौलियालाई प्रवेश निषेध गरी करदातालाई प्रत्यक्ष सेवा उपलब्ध गराउने जस्ता कार्यक्रम पनि कार्यालयले गरेको थियो ।
यस्तै १ सय ३ वटा फर्म तथा पसललाई कारबाही गरी ८ लाख २२ हजार रुपैयाँ जरिवाना समेत गरिएको करदाता सेवा कार्यालय राजविराजले जनाएको छ ।
आयकर तर्फ ८३ , मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ र अन्तःशुल्क तर्फ ८१ प्रतिशत गरी कुल ८७ करोड रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ ।
खुला सिमाना, तस्करी तथा केही करदाताले समयमा कर नबुझाउनु जस्ता कारणले लक्ष्य पूर्ण रूपमा पूरा नभए पनि विगतको भन्दा उल्लेख्य वृद्धि हुनु सकारात्मक उपलब्धि भएको सर्राफले बताउनुभयो ।
कार्यालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा एक अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । यसका लागि करदाताको दायरा थप विस्तार गर्ने, प्रविधिमुखी सेवा प्रवद्र्धन गर्ने र कर छल्ने प्रवृत्तिमाथि निगरानी गर्ने योजना रहेको बताइएको छ ।
६६ हजार पाँचसय ६१ सक्रिय करदाता रहेको करदाता सेवा कार्यालयले २०८२÷०८३ मा एक अर्ब १४ करोर राजस्व संकलन गर्ने लक्ष्य राखिएको जनाएको छ ।
करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
सारांश
- आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
- यो राजश्व अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
- कार्यालयले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया