छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 

राजविराज राजविराज
|
आइतबार, आश्विन २०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 

सारांश

  •     छिन्नमस्ता गाउँपालिकामा अवस्थित तथा नेपाल र भारतका हिन्दु धर्मावलम्बी माझ ख्याती प्राप्त यस मन्दिरमा विषेश गरी दशैका वेला लाखौ श्रद्धालु आउने गरेका छन ।
  •       यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
  • गत वर्ष झण्डै २५ लाखको हाराहारीमा श्रद्धालु पुजाआजा तथा दर्शनका लागी छिन्नमस्ता भगवनी मन्दीर आएको अध्यक्ष चौधरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २० असोज ।

    मुलुकको प्रसिद्ध शक्तीपीठ मध्ये एक सप्तरीको छिन्नमस्ता मन्दिरमा दशैंको आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको छ । 
    छिन्नमस्ता गाउँपालिकामा अवस्थित तथा नेपाल र भारतका हिन्दु धर्मावलम्बी माझ ख्याती प्राप्त यस मन्दिरमा विषेश गरी दशैका वेला लाखौ श्रद्धालु आउने गरेका छन । 
    यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । गत वर्ष झण्डै २५ लाखको हाराहारीमा श्रद्धालु पुजाआजा तथा दर्शनका लागी छिन्नमस्ता भगवनी मन्दीर आएको अध्यक्ष चौधरीको भनाई छ । 
    लाखौको संख्यामा आउने भक्तजनका लागी खानेपानी, शौचालय, रात विताउनका लागी उपयुक्त वासस्थल, स्वास्थ्य शिवीर, २४ सै घण्टा विद्युत सेवा, भीड व्यवस्थापन, पार्किङ्ग, मन्दिर आसपासका पसलको नियमित अनुगमन, सहज दर्शन र पुजापाठ तथा सुरक्षा लगायतको तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । 
    यस कार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल र सशस्त्र प्रहरी, विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस, खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय लगायत विभिन्न कार्यालय र संघ संस्थाको समेत साथ र सहयोग रहेको उनले बताए । 
    अन्य दिन पनि यहाँ ठुलो संख्यामा भक्तजनहरु आउने गरेपनि दशैका वेला पृmुलपाती देखी टिका सम्म दैनिक लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
समस्यै समस्याले जेलिएको राजविराज कारागार
समस्यै समस्याले जेलिएको राजविराज कारागार
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन