पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

सारांश

  •     राजविराजस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी यात्राको सुरुवात गरे ।
  •     सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेका हुन् ।
  •     अभियानको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी यात्राको सुरुवात गरे ।
    सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेका हुन् ।
    अभियानको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे । 
    अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरुको घर घरमा जाने उनले बताए । 
    जिल्लाको बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुवात गरिएको उनले बताए । अभियानका क्रममा गाउँका बुद्धिजिवी, किसान तथा सर्वसाधारणहरुसँग सप्तरीको कृषि, सिंचाई, पर्यटन लगायतका समस्या बारे छलफल गर्ने उनको भनाई छ । 
    ‘‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीका स्थानीयसँग बसेर स्थानीयका समस्याहरुको पहिचान गर्छु”, पुर्वमन्त्री यादवले भने,‘‘ स्थानीय स्तरमा देखिएका समस्याहरुको बिषयमा गाउँका स्थानीयबबासी तथा स्थानीय सरकारका प्रमुह लगायतहरुसँग अन्र्तक्रिया गर्छु ।” स्थानीय तहबाटै समाधान हुने बिषयलाई स्थानीय तहबाटै र अिन्य निकायबाट समाधान हुने बिषयलाई सम्बन्धी निकायमा लैजाने छु, उनले भने । 
    पहिलो चरणमा जिल्लाको १८ वटै पािलकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनले बताए । 
    यसअघि पुर्वमन्त्री यादवले गत शुक्रवार सप्तरी स्वाभिमान यात्राको सन्दर्भमा जिल्लाका बुद्धिजिवी, पेशाकर्मी, राजनीतिक दलका प्रतिनिधि लगतयका सरोकारबालासँग अन्र्तक्रिया गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
सप्तरीको उद्योग र औद्योगिक विकास