राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो

सारांश

  •     चार पटक शिलान्यास तथा निर्माण कार्य सकिएपछी १ सय २२ दिन अघि उद्घाटन गरिएर पनि संचालनमा आउन सकेको छैन् ।
  • तर बस पार्कसम्म पुग्ने बाटोहरु जीर्ण भएको भन्दै यातायात व्यवसायीहरु त्यहाबाट सवारी साधन चलाउन मानेका थिएनन् ।
  • जसकारण सार्वजनिक सवारीसाधन बजार क्षेत्रको सडक किनारमै पार्किङ र संचालन हुँदा ट्राफिक झमेला बढेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 

    राजविराज बस पार्क अब छिट्टै संचालनमा आउने भएको छ । सहरी विकास मन्त्रालयको लगानीमा सुविधा सम्पन्न बस पार्क निर्माण कार्य समपन्न भएपछी एक समारोहबीच गत जेठ १५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरेकी थिइन् ।  
    चार पटक शिलान्यास तथा निर्माण कार्य सकिएपछी १ सय २२ दिन अघि उद्घाटन गरिएर पनि संचालनमा आउन सकेको छैन् । तर बस पार्कसम्म पुग्ने बाटोहरु जीर्ण भएको भन्दै यातायात व्यवसायीहरु त्यहाबाट सवारी साधन चलाउन मानेका थिएनन् । जसकारण सार्वजनिक सवारीसाधन बजार क्षेत्रको सडक किनारमै पार्किङ र संचालन हुँदा ट्राफिक झमेला बढेको थियो । 
    बजार क्षेत्रको मुख्य सडकबाटै सवारी साधन संचालन हुँदा दुर्घटनाको जोखिम समेत बढाएको भन्दै जेन्जी समूहका यूवाहरुले बस पार्क संचालनका लागि नगरपालिका र स्थानीय प्रशासनमाथी दवाब बढाउँदै लगेपछी शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरिक्षक गौतमकुमार केसी, कार्यवाहक नगर प्रमुख इसरत परविन, यातायात व्यवसायी र जेन्जी यूवा समूहका प्रतिनिधिहरुको संयुक्त बैठकले छिट्टै बसपार्क संचालनमा ल्याउने निर्णय सर्वसम्मत गरेको हो ।
    यसका लागि बस पार्क संचालन कार्यविधी समेत तयार गरिसकेको कार्यवाहक नगर प्रमुख परविनले जानकारी दिइन् । उनले बस पार्कसम्म पुग्ने सडकहरु ठेकेदारको लापरवाहीले गर्दा समयमै स्तरोन्नती कार्य सम्पन्न हुन नसकेको भन्दै कारवाही प्रक्रिया अघि बढाउन आफूहरुको अधिकार क्षेत्रमा नपर्ने जिकिर गरिन् । 
    उनले राज्यको साथ र सहयोग नपाउँदा ठेकेदारले मनपरी गर्न पाएको भन्दै आफूहरुको समस्या र लाचारी बुझिदिन समेत जेन्जी समूहका यूवाहरुलाई अनुरोध गरिन् । 
    जेन्जीका अगुवा मध्येका एक मोहनकुमार यादवले जेन्जी समूहले उठाएका माग जायज रहेको भन्दै आन्दोलनबाट हुने क्षति रोक्न पनि सबै मिलेर अविलम्ब बसपार्क संचालनमा ल्याउनु पर्नेमा जोड दिए । 
    बैठकले जेन्जी समूह लगायत यातायात व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला सबै निकायका प्रतिनिधिसहितको बैठक शनिबार (असोज २५ गते) बसपार्क स्थलमै बस्ने र सोही बैठकबाट रुट निर्धारण र सवारी साधान संचालनको मिति तोकिने सहमति गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ