दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराजस्थित राजरंगशालामा संचालित स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगितामा विभागिय टिमको वर्चश्वसँगै मंगलबार सम्पन्न भएको छ ।
जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ भने ५ स्वर्ण जितेर नेपाली सेना दोश्रो र २ रजत हात पार्दै बाँके तृतीय भएको छ ।
नेपाल जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, गोबिन्द न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, जिल्ला जुडो संघका महासचिव नवनित झा लगायतले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा यूवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई १३ औं दक्षिण ऐसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई एतिहासिक सफलता दिलाउन योगदान पु¥याए वापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरि २५ टिमको सहभागिता रहेको थियो ।
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
सारांश
- जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ भने ५ स्वर्ण जितेर नेपाली सेना दोश्रो र २ रजत हात पार्दै बाँके तृतीय भएको छ ।
- नेपाल जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, गोबिन्द न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, जिल्ला जुडो संघका महासचिव नवनित झा लगायतले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
- सो अवसरमा यूवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई १३ औं दक्षिण ऐसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई एतिहासिक सफलता दिलाउन योगदान पु¥याए वापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया