दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
सप्तरीको प्रदेशसभा क्षेत्र नं. ३ को २ मा जनमत पार्टीका उम्मेदवार ई. शम्भु साहले वर्तमान प्रदेशसभा सदस्य विदेश्वर यादवलाई ४८ मतले पराजित गरेका छन् । यो जित सँगै सप्तरीमा जनमत पार्टीका तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
साहले १० हजार ८ सय ६२ मत प्राप्त गरे भने उनका निकटत्तम प्रतिद्वन्दी यादवले १० हजार ८ सय १४ मत ल्याए । यसैगरि नेपाली काँग्रेसका उम्मेदवार भगवती यादवले ९ हजार २ सय १ मत प्राप्त गरे ।
यसअघि मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् ।
यस्तै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादवले नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवलाई पराजित गरेका थिए ।
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित
सारांश
- साहले १० हजार ८ सय ६२ मत प्राप्त गरे भने उनका निकटत्तम प्रतिद्वन्दी यादवले १० हजार ८ सय १४ मत ल्याए ।
- यसैगरि नेपाली काँग्रेसका उम्मेदवार भगवती यादवले ९ हजार २ सय १ मत प्राप्त गरे ।
- यसअघि मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया