वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 

राजविराज राजविराज
|
बुधबार, मंसिर ७, २०७९
|
|
८८ पटक हेरिएको
Shares
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 

सारांश

  •     साहले १० हजार ८ सय ६२ मत प्राप्त गरे भने उनका निकटत्तम प्रतिद्वन्दी यादवले १० हजार ८ सय १४ मत ल्याए ।
  • यसैगरि नेपाली काँग्रेसका उम्मेदवार भगवती यादवले ९ हजार २ सय १ मत प्राप्त गरे ।
  •       यसअघि मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।

    सप्तरीको प्रदेशसभा क्षेत्र नं. ३ को २ मा जनमत पार्टीका उम्मेदवार ई. शम्भु साहले वर्तमान प्रदेशसभा सदस्य विदेश्वर यादवलाई ४८ मतले पराजित गरेका छन् । यो जित सँगै सप्तरीमा जनमत पार्टीका तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 
    साहले १० हजार ८ सय ६२ मत प्राप्त गरे भने उनका निकटत्तम प्रतिद्वन्दी यादवले १० हजार ८ सय १४ मत ल्याए । यसैगरि नेपाली काँग्रेसका उम्मेदवार भगवती यादवले ९ हजार २ सय १ मत प्राप्त गरे । 
    यसअघि मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् ।
    यस्तै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादवले नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवलाई पराजित गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
सगरमाथा साझा यातायातमा शम्भु
सगरमाथा साझा यातायातमा शम्भु
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै