दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्ला अन्तर्गत फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगरसम्म २५ किलोमिटर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने प्रदेश सरकार समक्ष प्रस्तावसहित ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.व. २०८१÷८२–२०८५÷८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै उनले उक्त प्रस्तावसँगै मधेश प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सरकारको पञ्च वर्षिय मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखीले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगर सम्मको २५ किलोमिटर क्षेत्र कोशी टप्पु बन्यजन्तु आरक्षणको सिमावर्ती क्षेत्रमा प्रदेश सरकारले लगानी गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिए ।
उनले ती क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै स्थानिय आयश्रोतमा बृद्धि समेत हुने उल्लेख गरे । मन्त्री लेखीले ती क्षेत्रमा रोजगारीको वातावरण सृजना हुनुका साथै थोरै भएपनि बेरोजगारी समस्या न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको ध्यानकर्षण गराए ।
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
सारांश
- मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.
- व.
- २०८१÷८२–२०८५÷८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै उनले उक्त प्रस्तावसँगै मधेश प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया