दैनिक समाचारदाता
राजविराज, २० चैत ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फसाएको भन्दै उनले चाडै न्याय पाउने दाबी गरेका छन् ।
पार्टीको थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
रेशम चौधरीसहित थारुहट, मधेस बिद्रोहका क्रममा नेताकार्यकर्ताहरु माथी लगाएको झुठा मुद्दा समेत फिर्ता हुने बताउदै नेता राईले जसपा उत्पीडित र अन्यायमा परेका समुदायको अधिकार सुनिश्चितताका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
सभालाई सम्बोधन गर्दै अर्का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार प्राप्तिको लागि राष्ट्रिय मुक्ति आन्दोलन आवश्यक रहेको जिकिर गरे । रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा नजाने पार्टीको अडान रहेकोले यसमा कसैलाई शंका नगर्न आग्रह पनि गरे ।
उनले जसपा सरकारमा जाने भ्रम तथा पार्टी फुट्ने भनेर गराइएको झुठा प्रचार मात्र भएको दाबी गरे । उनले मधेशी, आदिबासी, जनजाति, मुस्लिम, दलित तथा उपेक्षित वर्ग समुदायका लागि बनेको पार्टी ओली नेतृत्वको सरकारमा नजाने तथा नफुट्ने दाबी गरे ।
त्यस्तै सभामा पार्टीका कार्यकारिणी सभा सदस्य सरदसिंह भण्डारीले जसपा आन्दोलन र बिद्रोहबाट बनेको पार्टी भएकोले राष्ट्रका कुनै शक्तिले फुटाउन नसक्ने बताए ।
उनले ओलीको साईबरसेनाले जसपाको विरुद्ध झुठा प्रचारबाजी गरेर अफबाह फैलाएको दाबी गर्दै यस्ता भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।
जसपा थारु संघका केन्द्रिय अध्यक्ष शम्भु चौधरीको अध्यक्षतामा आयोजित सभालाई जसपाका केन्द्रिय कार्यकारिणी समिती सदस्य तथा प्रदेश २ का सामाजिक बिकास मन्त्री नबलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्यहरु मृगेन्द्रकुमार सिंह यादव, शेखर सिंह, जसपा कार्यकारिणी समिति सदस्यहरु रेणु यादव, राज कुमार लेखी, सुशिला श्रेष्ठ लगायतकाले सम्बोधन गरेका थिए ।
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा नजाने : नेता महतो
सारांश
- पार्टीको थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
- रेशम चौधरीसहित थारुहट, मधेस बिद्रोहका क्रममा नेताकार्यकर्ताहरु माथी लगाएको झुठा मुद्दा समेत फिर्ता हुने बताउदै नेता राईले जसपा उत्पीडित र अन्यायमा परेका समुदायको अधिकार सुनिश्चितताका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
- सभालाई सम्बोधन गर्दै अर्का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार प्राप्तिको लागि राष्ट्रिय मुक्ति आन्दोलन आवश्यक रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया