सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ४, २०७८
|
|
८२ पटक हेरिएको
Shares
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग

सारांश

  •     विहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले सो माग गर्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले संविधान असन्तुष्टीका बीचबाट आएकोले सबैको भावना समेटन संविधान संशोधन गरिनु पर्ने बताए ।
  •       समग्र मधेश एक प्रदेश आप्mनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताउँदै महासचिव रामपृत यादवले विषेश गरी नागरिकता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्तासिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए ।
  •       सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदीवासी, जनजाती, मुश्लीम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
    नेपाल सदभावना पार्टीले असन्तुष्टीका बीच आएको संविधान संशोधन गर्नूृ पर्ने माग गरेको छ  । 
    विहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले सो माग गर्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले संविधान असन्तुष्टीका बीचबाट आएकोले सबैको भावना समेटन संविधान संशोधन गरिनु पर्ने बताए । 
    समग्र मधेश एक प्रदेश आप्mनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताउँदै महासचिव रामपृत यादवले विषेश गरी नागरिकता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्तासिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए । 
    सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदीवासी, जनजाती, मुश्लीम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन । 
    उनले स्थानीय तहको ्िनर्वाचनमा समेत लाखौं र करोडौ रुपैया खर्च गरी पार्टीको टिकट लिने र निर्वाचनमा सहभागी हुने प्रवृति बढ्न थालेपछि गरिब तथा योग्य उम्मेदवार आर्थिक कारणले नै त्यसबाट बन्चित हुने अवस्था आएकोले स्थानीय निर्वाचनमा पाटीबाट  उम्मेदावरी दिने व्यवस्था हटाउनु पर्नेमा जोड दिईन । 
    जिल्ला अध्यक्ष गंगा प्रसाद यादवले संविधानमा रहेका असन्तुष्टीलाई संशोधन गरी संम्बोधन नगरिए जटिलता थपिदै जाने भन्दै अबिलम्ब संविधान संशोधन गर्नू पर्ने माग गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?