दैनिक समाचारदाता
राजविराज, ३० असार ।
राजविराज लायन्स क्लबले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतलालाई पिसिआर परिक्षणलाई तिब्र बनाउन सहयोग पु¥याउने उद्देश्यले चार सय थान भिटिएम किट (भाइरस ट्रान्सपोर्ट मेडियम किट) प्रदान गरेको छ ।
डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा. रन्जित झालाई सो भिटिएम किट हस्तान्तरण गरेको हो ।
पर्याप्त मात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तिब्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब राजविराजका निवर्तमान अध्यक्ष शंकर शारदा, पूर्व अध्यक्ष डा. मूरलीप्रसाद सिंह, हरेकृष्णप्रसाद सिंह, गोबिन्द सिंह, सांसद मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, लायन्सका महासचिव फुरकान अंसारी, सदस्य हरि जोशी, शुसिल काबरा लगायतले उक्त सामाग्रि अस्पतालका प्रमुख डा. झालाई हस्तान्तरण गरे ।
सो अवसरमा अस्पताल प्रमुख डा. झाले लायन्स क्लबप्रति आभार र धन्यवाद ब्यक्त गर्दै सबैको सामूहिक प्रयास र सहयोगबाट मात्र विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनामाथी बिजयी प्राप्त गर्न सक्ने बताए ।
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
सारांश
- डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा.
- रन्जित झालाई सो भिटिएम किट हस्तान्तरण गरेको हो ।
- पर्याप्त मात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तिब्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया