दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
चाड पर्वको अवसरमा बजारमा पर्याप्त दुधको अभाव तथा मनपरी मुल्य देखिएपछि मंगलबार संयुक्त बजार अनुगमन टोलीले दुध उत्पादन र बिक्रि गर्ने स्थानहरुमा अनुगमन गरेको छ ।
दुध बिक्रि र उत्पादन स्थलमा पुगेर टोलीले अनुगमन गर्ने क्रममा संचालित डेरी उद्योगहरुमा निर्धारण गरिएको मुल्य सही पाइएपनि स्थानिय हाट बजारमा मनपरि मुल्य कायम गरेको देखिएको र त्यस्तालाई सचेत गराइएको खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
चाडपर्व नजिकिएकाले अनुगमनलाई तिब्रता प्रदान गरिएको गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिंहले बताउँदै अनुगमनका क्रममा डेरी उद्योगहरुमा दुधको शुद्धता र मुल्य सही देखिएपनि कामदारले एप्रोन, मास्क, क्यापलगायतका सुरक्षा सामाग्रि प्रयोग नगरेको पाइएकाले सचेत गराइएको बताए ।
पछिल्लो समय बजार अनुगमनलाई तिब्र पारिएको छ । सरसफाई, खादबस्तुको बिक्रि बितरण, गुणस्तर र म्याद भए÷नभएको बारे अनुगमन गरिने र फेला परेका अखाद्य बस्तु तत्कालै नष्ट गरि जरिवाना समेत गर्न थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।
संयुक्त अनुमगन टोलीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत राजु शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल नेत्रबहादुर बास्तोला, न्यायिक नागरिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै प्रहरी र पत्रकार समेत सहभागि छन् ।
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
सारांश
- दुध बिक्रि र उत्पादन स्थलमा पुगेर टोलीले अनुगमन गर्ने क्रममा संचालित डेरी उद्योगहरुमा निर्धारण गरिएको मुल्य सही पाइएपनि स्थानिय हाट बजारमा मनपरि मुल्य कायम गरेको देखिएको र त्यस्तालाई सचेत गराइएको खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
- चाडपर्व नजिकिएकाले अनुगमनलाई तिब्रता प्रदान गरिएको गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिंहले बताउँदै अनुगमनका क्रममा डेरी उद्योगहरुमा दुधको शुद्धता र मुल्य सही देखिएपनि कामदारले एप्रोन, मास्क, क्यापलगायतका सुरक्षा सामाग्रि प्रयोग नगरेको पाइएकाले सचेत गराइएको बताए ।
- पछिल्लो समय बजार अनुगमनलाई तिब्र पारिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया