दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
आन्दोलनरत जनमत पार्टीले किसानहरुको माग पुरा गराउन सप्तरीस्थित विभिन्न स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ ।
आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएको हो ।
जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा उपप्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समयमा मलखाद, विऊ विजनको व्यवस्था गर्न, हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु¥याएको क्षती विवरण संकलन गरी क्षतीपुर्तीको व्यवस्था गर्न, किसान परिचय पत्रको व्यवस्था र किसानलाई पेनशनको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै झुठा मुद्दा लगाई पक्राउ गरीएका किसानको अविलम्ब रिहाई, उखु किसानको भुक्तानी र सिचाई पुग्न नसकेका स्थानमा किसानका लागी निशुल्क विजुलीको व्यवस्थाका लागी पहल गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै उपप्रमुख झाले नगरपालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागी सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएको सो पार्टीले जनाएको छ ।
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
सारांश
- आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएको हो ।
- जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा उपप्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समयमा मलखाद, विऊ विजनको व्यवस्था गर्न, हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु¥याएको क्षती विवरण संकलन गरी क्षतीपुर्तीको व्यवस्था गर्न, किसान परिचय पत्रको व्यवस्था र किसानलाई पेनशनको व्यवस्था गर्न माग गरिएको छ ।
- यस्तै झुठा मुद्दा लगाई पक्राउ गरीएका किसानको अविलम्ब रिहाई, उखु किसानको भुक्तानी र सिचाई पुग्न नसकेका स्थानमा किसानका लागी निशुल्क विजुलीको व्यवस्थाका लागी पहल गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया