दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
चित्रगुप्त सेवा समिति राजविराजले मधेश प्रदेश सरकारका दुई मन्त्रीलाई सम्मान गरेको छ ।
समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री यादवले एउटा जनप्रतिनिधि भएर विभेद मुक्त समाजको निर्माणमा लाग्नु हाम्रो उत्तर दायित्व भएको भन्दै हाम्रो कार्यले राजविराज कै सम्मानमा ठेस नपुग्नेमा सचेत रहेको बताए ।
कार्यक्रमका अर्का प्रमुख अतिथि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सुमनले हामी सँधै स्वच्छ, पारदर्शी र निर्भिक रुपले शिर माथि उचाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष अशोक कुमार कर्ण, निवर्तमान उपाध्यक्ष हरिमोहन लाल कर्ण, निवर्तमान महासचिव सतीश कुमार दत्त, महिला समितिका अध्यक्ष मालती चौधरी लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
समितिका महासचिव रणधिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा समितिका उपाध्यक्ष रमेश मल्लिकले स्वागत व्यक्त गरेका थिए ।
चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
सारांश
- समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई सम्मान गरेको हो ।
- सम्मान कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री यादवले एउटा जनप्रतिनिधि भएर विभेद मुक्त समाजको निर्माणमा लाग्नु हाम्रो उत्तर दायित्व भएको भन्दै हाम्रो कार्यले राजविराज कै सम्मानमा ठेस नपुग्नेमा सचेत रहेको बताए ।
- कार्यक्रमका अर्का प्रमुख अतिथि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सुमनले हामी सँधै स्वच्छ, पारदर्शी र निर्भिक रुपले शिर माथि उचाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया