दैनिक समाचारदाता
राजविराज, ४ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधवार थ्री फेज कृषी विद्युतिकरण कार्यको शुभारम्भ गरेका छन् ।
कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री सिंहले कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषिमा आत्मनिर्भर बनाउने चाहनालाई सिँचाइ, मल, बीउ र बजार सुनिश्चित गरिनु पर्ने बताए ।
विद्युतिकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए । सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्ने उनले बताए ।
थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटर पम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
सारांश
- कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
- मुख्यमन्त्री सिंहले कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषिमा आत्मनिर्भर बनाउने चाहनालाई सिँचाइ, मल, बीउ र बजार सुनिश्चित गरिनु पर्ने बताए ।
- विद्युतिकरण कार्य सम्पन्न भएपछि ती क्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया