पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन

सारांश

  •     तिलाठी कोइलाडी गाउँपालिकाको पशु विकास शाखाद्वारा आयोजित उक्त शिविरमा पशुमा देखिएको बाँझोपनको समस्यालाई समाधानका लागि आवश्यक उपचार गरी किसानलाई राहतदिने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
  •     उच्च मावि कट्टीका प्रशिक्षक एवं वरिष्ठ पशु चिकित्सक डा.
  • दिपककुमार सिंहको नेतृत्वमा झापाका डा.

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी सोमबार एक दिने शिविर सञ्चालन गरेको छ । 
    तिलाठी कोइलाडी गाउँपालिकाको पशु विकास शाखाद्वारा आयोजित उक्त शिविरमा पशुमा देखिएको बाँझोपनको समस्यालाई समाधानका लागि आवश्यक उपचार गरी किसानलाई राहतदिने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
    उच्च मावि कट्टीका प्रशिक्षक एवं वरिष्ठ पशु चिकित्सक डा. दिपककुमार सिंहको नेतृत्वमा झापाका डा. सिताराम यादव, पशु क्वारेन्टाइन सुनसरीका डा. अंकित घिमिरेसहितकाले पशुको उपचार गरेका थिए ।
    सो शिविरमा ९२ जना कृषकको १५ वटा भैंसी र १४० वटा गाईको उपचार गरिएको पशु विकास शाखाका संयोजक मृगेन्द्र प्रसाद सिंहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?