दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका नीति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु बारे सरोकारवालसँग सुझाव लिएको छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरुसँग शुक्रवार बैठक मार्फत सुझाव संकलन गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाकक्षमा आयोजित शिक्षा क्षेत्रका नीति, योजना, बजेट तथा छलफल र राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गरी यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा अहिले आएर त्यसमा पनि कटौती हुँदा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको भन्दै राज्यले लगानी बढाउनु पर्ने सुझाव समेत दिए ।
बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले सरकारको निती योजना तथा बजेटमा शिक्षा क्षेत्रमा देखिएका समस्या र समावेश गरिनु पर्ने अन्य विषयबारे नयाँ रुपमा अघि बढ्न सुझाव संकलन थालिएको बताए ।
मधेश प्रदेशको सप्तरीबाट शुरु गरिएको सुझाव संकलन कार्य सात वटै प्रदेशमा संचालन हुने र त्यस पश्चात मन्त्रालय मार्फत सरकार समक्ष प्रस्तुत गरिने उनले जानकारी दिए ।
शिक्षा विकासको मुख्य पुर्वाधार भएपनि यसलाई उत्पादन र रोजगारी संग जोड्न नसक्दा अपेक्षा अनुसारको परिणाम आउन नसकेको उनको भनाई छ ।
विद्यालयले राम्रो शिक्षा दिन सक्यो र विद्यार्थी तथा अभिभावकको भरोसा जोगाउन सक्यो भने राज्यको शिक्षा नीति सफल भएको ठानिने उनको भनाई थियो । सरकारी विद्यालयमा गुणस्तरीय पढाईका कारण विद्यार्थी बढे भने त्यहाँ शिक्षा सुध्रियो भनेर सबैले बुझ्नु पर्ने भन्दै उनले कहाँ÷कहाँ के÷के सुधार गर्नु पर्छ, त्यसबारे सबैको राय सुझाव आवश्यक भएको हो ।
एकातिर शिक्षमा थोरै लगानी अर्काे तिर विकास निर्माणको काम गर्ने पालिकाहरुलाई शिक्षा समेतको जिम्मेवारी थपिदिदा अपेक्षा अनुसारको प्रगति नदेखिएको कार्यक्रममा अधिकांश सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत शिवराज पोखरेल, शिक्षा विकास समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल, इकाइका बरिष्ठ शाखा अधिकृत भोगेन्द्र प्रसाद यादव, शिक्षा संयोजक अर्जुन कुमार यादव, पत्रकार महास संघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस यृुनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतका सरोकारबालाहरुले विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउन आ–आफ्नो सुझाव राखेका थिए ।
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
सारांश
- शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरुसँग शुक्रवार बैठक मार्फत सुझाव संकलन गरेको हो ।
- शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाकक्षमा आयोजित शिक्षा क्षेत्रका नीति, योजना, बजेट तथा छलफल र राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गरी यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
- उनीहरुले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा अहिले आएर त्यसमा पनि कटौती हुँदा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको भन्दै राज्यले लगानी बढाउनु पर्ने सुझाव समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया