शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन

राजविराज राजविराज
|
शनिबार, माघ २७, २०८०
|
|
६५ पटक हेरिएको
Shares
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन

सारांश

  •     शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरुसँग शुक्रवार बैठक मार्फत सुझाव संकलन गरेको हो ।
  •       शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाकक्षमा आयोजित शिक्षा क्षेत्रका नीति, योजना, बजेट तथा छलफल र राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गरी यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
  •     उनीहरुले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा अहिले आएर त्यसमा पनि कटौती हुँदा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको भन्दै राज्यले लगानी बढाउनु पर्ने सुझाव समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ । 

    शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका नीति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु बारे सरोकारवालसँग सुझाव लिएको छ । 
    शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरुसँग शुक्रवार बैठक मार्फत सुझाव संकलन गरेको हो । 
    शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाकक्षमा आयोजित शिक्षा क्षेत्रका नीति, योजना, बजेट तथा छलफल र राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गरी यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
    उनीहरुले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा अहिले आएर त्यसमा पनि कटौती हुँदा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको भन्दै राज्यले लगानी बढाउनु पर्ने सुझाव समेत दिए । 
    बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले सरकारको निती योजना तथा बजेटमा शिक्षा क्षेत्रमा देखिएका समस्या र समावेश गरिनु पर्ने अन्य विषयबारे नयाँ रुपमा अघि बढ्न सुझाव संकलन थालिएको बताए । 
    मधेश प्रदेशको सप्तरीबाट शुरु गरिएको सुझाव संकलन कार्य सात वटै प्रदेशमा संचालन हुने र त्यस पश्चात मन्त्रालय मार्फत सरकार समक्ष प्रस्तुत गरिने उनले जानकारी दिए । 
    शिक्षा विकासको मुख्य पुर्वाधार भएपनि यसलाई उत्पादन र रोजगारी संग जोड्न नसक्दा अपेक्षा अनुसारको परिणाम आउन नसकेको उनको भनाई छ । 
    विद्यालयले राम्रो शिक्षा दिन सक्यो र विद्यार्थी तथा अभिभावकको भरोसा जोगाउन सक्यो भने राज्यको शिक्षा नीति सफल भएको ठानिने उनको भनाई थियो । सरकारी विद्यालयमा गुणस्तरीय पढाईका कारण विद्यार्थी बढे भने त्यहाँ शिक्षा सुध्रियो भनेर सबैले बुझ्नु पर्ने भन्दै उनले कहाँ÷कहाँ के÷के सुधार गर्नु पर्छ, त्यसबारे सबैको राय सुझाव आवश्यक भएको हो । 
    एकातिर शिक्षमा थोरै लगानी अर्काे तिर विकास निर्माणको काम गर्ने पालिकाहरुलाई शिक्षा समेतको जिम्मेवारी थपिदिदा अपेक्षा अनुसारको प्रगति नदेखिएको कार्यक्रममा अधिकांश सहभागीहरुले बताएका थिए । 
    कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत शिवराज पोखरेल, शिक्षा विकास समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल, इकाइका बरिष्ठ शाखा अधिकृत भोगेन्द्र प्रसाद यादव, शिक्षा संयोजक अर्जुन कुमार यादव, पत्रकार महास संघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस यृुनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतका सरोकारबालाहरुले विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउन आ–आफ्नो सुझाव राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
मदरसाको तालाबन्दी खुल्यो
मदरसाको तालाबन्दी खुल्यो
सडक दुर्घटनामा दुईको मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी