दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
जिल्ला खेलकुद विकास समिती सप्तरीका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु आईतवारदेखि दोश्रो चरणको आन्दोलनमा उत्रेका छन् ।
दोश्रो चरणको संघर्ष कार्यक्रमको पहिलो दिन उनीहरु हातमा कालो पट्टी बाधेर तीन घण्टा पेनडाउन गरेका छन् ।
विगत २७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम पश्चात् आइतबारदेखी दोश्रो चरणका आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आह्वानमा देशै भरका जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरु आईतवारदेखि हातमा कालो पट्टी बाधेर पेन डाउनका उत्रेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।
कर्मचारी बढुवा प्रक्रिया लामो समयदेखि रोकिएकाले त्यसको विरोधमा यस अघि गत २६ साउन देखि १ भदौ सम्म प्रथम चरणको संघर्षको कार्यक्रम गरिएको थियो । तर, सार्थक परिणाम नआएकाले थप दवाब दिन दोश्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिएको उनको भनाई छ ।
आन्दोलनका कार्यक्रम अनुसार खेलकुद कर्मचारी संघले ३ भदौ देखि ५ भदौ सम्म १० बजे देखि दिउसो १ बजे सम्म ३ घण्टा पेन डाउन गर्ने भएको छ । त्यसैगरी ६ र ८ भदौमा विहान १० बजे देखि २ बजे सम्म ४ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको छ ।
दोश्रो चरणको आन्दोलनले पनि सार्थक परिणाम प्राप्त नभए तेश्रो चरणमा संघर्षका थप सशक्त कार्यक्रम ल्याउने तयारी भएको समेत जानकारी दिइएको छ ।
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा
सारांश
- दोश्रो चरणको संघर्ष कार्यक्रमको पहिलो दिन उनीहरु हातमा कालो पट्टी बाधेर तीन घण्टा पेनडाउन गरेका छन् ।
- विगत २७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम पश्चात् आइतबारदेखी दोश्रो चरणका आन्दोलनमा उत्रिएका हुन् ।
- राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आह्वानमा देशै भरका जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरु आईतवारदेखि हातमा कालो पट्टी बाधेर पेन डाउनका उत्रेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया