अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण

राजविराज राजविराज
|
बुधबार, भाद्र ११, २०८२
|
|
२५ पटक हेरिएको
Shares
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण

सारांश

  •     सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण कार्य सजिलो होस भन्ने उदेश्यले राजविराज नगरपालिकाले थालेको घरघर मै पुगेर परियचपत्र नविकरण गर्ने कार्यलाई बुधवार पनि निरन्तरता दिएको हो ।
  •       बुधवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको नेतृत्वमा बुधवार पुगेको टोलीले स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारार्थ भर्ना भएका राजविराज ७ का ८५ वर्षिय हरिनारायण लाल देवलाई अस्पतालको बेडबाटै समाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरिदिएको हो ।
  •       नविकरणका लागी आवश्यक पर्ने आवेदन फारम नगरपालिका कार्यालयमा दर्ता रहेको समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सुचि, ल्यापटम लगायतका समाग्री साथ मै लिएर नगरपालिका कार्यालयका कर्मचारी सहितको टोली अस्पताल पुगेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ भदौ । 

    अशक्त तथा बिरामी भई अस्पतालमा उपचार गराईरहेका जेष्ठ नागरिकहरुलाई सााजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको छ । 
    सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण कार्य सजिलो होस भन्ने उदेश्यले राजविराज नगरपालिकाले थालेको घरघर मै पुगेर परियचपत्र नविकरण गर्ने कार्यलाई बुधवार पनि निरन्तरता दिएको हो । 
    बुधवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको नेतृत्वमा बुधवार पुगेको टोलीले स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारार्थ भर्ना भएका राजविराज ७ का ८५ वर्षिय हरिनारायण लाल देवलाई अस्पतालको बेडबाटै समाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरिदिएको हो । 
    नविकरणका लागी आवश्यक पर्ने आवेदन फारम नगरपालिका कार्यालयमा दर्ता रहेको समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सुचि, ल्यापटम लगायतका समाग्री साथ मै लिएर नगरपालिका कार्यालयका कर्मचारी सहितको टोली अस्पताल पुगेको थियो । 
    खुट्टाको शल्यक्रिया भएको कारण देवलाई लामो समयसम्म अस्पतालमा बस्नु पर्ने चिकित्सकको सल्लाहका कारण भत्ताको परिचय पत्र नविकरण गर्न पाईरहेका थिएनन् ।
    सामाजिक सुरक्षा भत्ता नियमावली अनुसार लाभग्राहीले भदौ मसान्तसम्म स्वयम नगरपालिका वा वडा कार्यालयमा पुगेर परिचयपत्र नविकरण गर्नू पर्ने प्रावधान छ । तर गत वर्ष केही जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ती तथा अस्पतालमा उपचारकालागी भर्ना भएकाहरु कार्यालयमा पुग्न नसक्दा भत्ताबाट बन्चित भएको देखीपछि घर र अशक्त भई अस्पताल भर्ना भएकै ठाँउमा टोली लिएर परिचयपत्र नविकरण कार्य गर्न थालिएको कार्यवाहक नगर प्रमुख परवीनको भनाई छ । 
    अघिल्लो दिन मंगलवार वडा नं.७ बाट सूरु भएको यो अभियान भदौ मसान्त भित्र नगरका सबै वडामा पुग्ने उनको कथन छ । 
    नगरपालिकाले चलाएको घर दैलो अभियान अन्तर्गत २ दिनको अवधीमा बडा नं ७ र वडा नं ४ गरी एक दर्जन भन्दा बढी बृद्धबृद्धा, शारिरीकरुपमा अशक्त तथा विरामीहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या