संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 

राजविराज राजविराज
|
सोमबार, आषाढ ३१, २०८१
|
|
४४ पटक हेरिएको
Shares
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • १ बाट प्रतिनिधिसभा सदस्यमा निार्वचित सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र क्षेत्र नं.
  • ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 

    सप्तरीबाट संघीय सरकारमा दुई जना मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जिल्लाबाट प्रतिनिधिसभा सदस्यद्वय नवलकिशोर साह सुडी र तेजुलला चौधरी मन्त्री बनेका हुन् । 
    सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निार्वचित सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी युवा तथा खेलकुदमन्त्री बनेका छन् । मन्त्री सुडी अशोक राई नेतृत्वको जसपाका सांसद हुन भने चौधरी नेपाली काँग्रसका सांसद हुन् । 
    यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सुडी वन मन्त्री थिए । लगत्तै बनेको ओली नेतृत्वको सरकारमा पनि उनलाई मन्त्रीमा निरन्तरता दिइएको छ । 
    त्यस्तै चौधरी विगतका सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए र अहिले वर्तमान सरकारमा सोही मन्त्रालयको केबिनेट मन्त्री बन्न सफल भएका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?