दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा सकरपुरा र को. मधेपुरा बिजयी भएका छन ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत बर्षाले प्रभावित मंगलवार सम्पन्न पहिलो खेलमा सकरपुराले निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।
सकरपुराका लागि साकेत सिंहले २५, मुकेश कुमार मण्डलले नटआउट रहि २४ तथा बिवेक राइले २३ रनको योगदान दिएका थिए । बलिंग तर्फ मंसापुरका देवकिनन्दन मण्डल, अजय मण्डल, धिरज मण्डल र सुवोध मण्डलले सामान १ बिकेट लिएका थिए ।
१ सय १३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मंसापुर अन्तिम समयसम्म प्रयास गरेता पनी १ रनको हार ब्योहोर्नु परेको थियो । मंसापुरले निर्धारित १६ ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रन मात्र जोड्न सकेका थिए । मंसापुरका लागि सुबोध मण्डल २९, धिरज मण्डल २४, तथा अजय मण्डल र संजय साहले सामान १२ रनको योगदान दिएका थिए ।
बलिंग तर्फ मंसापुरका पवन मण्डल र राजु सिंहले सामान २ बिकेट लिएका थिए भने बिवेक राई र साकेत सिंहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत सकरपुराका बिवेक राई घोषित भएका थिए ।
मंगलवार नै सम्पन्न अर्को खेलमा तोपाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाई ८२ रन जोडन सफल भएका थिए । तोपाका लागि परमेश्वर यादव तथा रमेश यादवले २० रनको योगदान दिएका थिए । बलिंग तर्फ को. मधेपुराकालागि अभय सिंहले ३ तथा रोशन सिंहले १ बिकेट लिए थिए ।
८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको को मधेपुराले उक्त लक्ष्य सजिलै १२ ओभर ४ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । को मधेपुराको लागि सुमन मण्डलले १८ तथा रोशन सिंहले नटआउट रहि १५ रनको योगदान दिएका थिए । तोपाका लागि बलिन मण्डलले २ तथा रविन्द्र मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत को. मधेपुराका अभय सिंह घोषित भएका थिए ।
सकरपुरा र को. मधेपुरा बिजयी
सारांश
- सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत बर्षाले प्रभावित मंगलवार सम्पन्न पहिलो खेलमा सकरपुराले निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।
- सकरपुराका लागि साकेत सिंहले २५, मुकेश कुमार मण्डलले नटआउट रहि २४ तथा बिवेक राइले २३ रनको योगदान दिएका थिए ।
- बलिंग तर्फ मंसापुरका देवकिनन्दन मण्डल, अजय मण्डल, धिरज मण्डल र सुवोध मण्डलले सामान १ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया