गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट

राजविराज राजविराज
|
शनिबार, जेठ ४, २०७६
|
|
६५ पटक हेरिएको
Shares
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट

सारांश

  •     घटनाको तराईमा भुमिगत एवं सशस्त्र आन्दोलनरत जयकृष्ण गोइत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ ।
  • मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले गाउँपालिकामा आर्थिक अनियमितता तथा मधेश मुक्तिको आन्दोलनमा असहयोग गरेकोले चेतावनी स्वरुप बम विस्फोट गराइएको जनाएका छन् ।
  • उनले अध्यक्ष गोइत नसुध्रे थप कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

    राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राती बम विस्फोट भएको छ ।
    बलान बिहुल गाउँपालिका २ स्थित घरको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालय भवनमा शुक्रबार मध्यराती कुकर बम विस्फोट भएको हो ।
    कसैले पर्खाल नाघेर प्रतिक्षालयमा बम राखेर भागेको बताउँदै अध्यक्ष गोइतले बम विस्फोटबाट नजिकैको कोठामा सुतिरहेका काका श्यामानन्द गोइत घाइते जानकारी दिएका छन् । बमको छर्रा लागेर घाइते भएका श्यामानन्दको स्थानिय किलनिकमा उपचार भइरहेको छ । यता सो बिस्फोटबाट प्रतिक्षालय भवनको छाना तथा भित्र रहेको टेबुल, कुर्सी र अन्य फर्निचरहरु नष्ट भएको छ । 
    घटनाको तराईमा भुमिगत एवं सशस्त्र आन्दोलनरत जयकृष्ण गोइत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले गाउँपालिकामा आर्थिक अनियमितता तथा मधेश मुक्तिको आन्दोलनमा असहयोग गरेकोले चेतावनी स्वरुप बम विस्फोट गराइएको जनाएका छन् । उनले अध्यक्ष गोइत नसुध्रे थप कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
    यता प्रहरी उपरिक्षक राजेन्द्र विष्टले घटना शान्ति, अमनचयन र शान्त सुरक्षित बन्दै गएको वातावरणलाई बिगार्न नियतले प्रेरित भएको भन्दै अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?