दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
“आजैदेखि सुरुवाती गरौ–हरित, सफा र सुरक्षित बिद्यालय निर्माण गरौ” नराका साथ यहाँ हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ५ स्थित रहेको राष्ट्रिय आधारभुत बिद्यालय मझौउमा सोमबार आयोजित घोषणा समहारोमा बिभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
हरित, सफा तथा सुरक्षित परिचालन समिति तथा इको बालक्लब र बिद्यालय परिवार, सेभ द चिल्ड्रेन, सेभ द सप्तरीको सहयोगमा बिभिन्न सुचकहरु पुरा गरि गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेका हुन् ।
सो क्रममा उनले बिष्णुपुर गाउँपालिका भरी रहेका सबै बिद्यालय हरित बिद्यालय हुनुपर्नेमा जोड दिए । यसका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै बिद्यालय सरसफाई र स्वक्ष्य वतावरण भए मात्र बिद्यालयमा शिक्षक र बिद्यार्थी स्वस्थ्य रहने उल्लेख गरे । राम्रो शिक्षाका लागि शिक्षकहरु पनि जानकार हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षका लागि सबै एक जुट हुनुपर्नेमा समेत जोड दिए ।
यहाका जङफुडबाट हुने असर, स्थानिय खानाको प्रोत्साहनसहित जनचेतना कार्यक्रमहरु संचालनज गरेका छन । साथै बृक्षरोपन कार्यक्रम, बिद्यालय क्षेत्रमा, जोखिम पहिचान गरि त्यसको न्युनिकरणका उपायहरु बरे समेत छलफल गरि बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई तथा बिद्यालय भित्रका कक्षाकोठा समेत निरन्तर सरसफाई राख्नुपर्ने आन्तरक्रियाकलाप सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा बिभिन्न कार्यक्रमहरु ग्रिएको बिद्यालयका प्रअ रेमन कुमार मण्डलले जानकारी दिए ।
राष्ट्रिय आधारभुत बिद्यालय मझोउमा प्रअ सहित ९ जना शिक्षक÷शिक्षीका र २४४ जना बिद्यार्थी रहेका छन । वडा अध्यक्ष जिवछ मण्डलको अध्यक्षतमा आयोजित समारोहमा बिद्यालयका प्रअ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, शिक्षक, शिक्षिका तथा स्थानियवासीको सहभागि थियो ।
कार्यक्रममा सेभ द सप्तरीका परियोजना प्रबन्धक संजिव कुमार चौधरी, अध्यक्ष ध्रुव प्रसाद देव, फिल्ड अधिकृत सत्यनारायण थारु, फर्जना खातुन, दुर्गानन्द शर्मा, सिल्पा देव र भोलिन्टियर रामसागर मेहताको समेत उपस्थित थिए ।
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
सारांश
- सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.
- ५ स्थित रहेको राष्ट्रिय आधारभुत बिद्यालय मझौउमा सोमबार आयोजित घोषणा समहारोमा बिभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
- हरित, सफा तथा सुरक्षित परिचालन समिति तथा इको बालक्लब र बिद्यालय परिवार, सेभ द चिल्ड्रेन, सेभ द सप्तरीको सहयोगमा बिभिन्न सुचकहरु पुरा गरि गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया